कोरोना प्रभावित वुहानबाट नेपालीको उद्दार गर्नेलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान « Khabarhub

कोरोना प्रभावित वुहानबाट नेपालीको उद्दार गर्नेलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट नेपालीहरुको उद्दार गरी निषेधावधि (क्वारेन्टाइन) मा राख्दासम्म परिचालन भएका सैनिक कर्मचारीसहित चिकित्सकलाई नेपाली सेनाले सम्मान गरेको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार सैनिक मुख्यालय (जंगी अड्डा)मा आयोजित विशेष कार्यक्रमका बीच कोराना टास्क फोर्समा खटिएका सैनिक कर्मचारी र गैरसैनिक चिकित्सकलाई सम्मान गरेका हुन् ।

कोरोना टाक्स फोर्समा खटिएका सैनिक कर्मचारीहरुलाई सम्मानस्वरुप ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

चीनको वुहानबाट नेपालीहरुको उद्दार गरी क्वारेन्टाइनमा रहँदासम्म परिचालन भएका १९ जना सैनिक कर्मचारी तथा १ जना गैरसैनिक (चिकित्सक)लाई निशान प्रदान गरिएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ०६ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले