प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको खर्च ६ लाख रुपैयाँ « Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको खर्च ६ लाख रुपैयाँ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा ६ लाख रुपैयाँसम्म खर्च भएको हुनसक्ने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि १२ दिन अस्पतालमा बसेका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण र अस्पताल बसाइको खर्च ६ लाख सम्म हुनसक्ने त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले खबरहबलाई जानकारी दिए ।

‘हामीले हिसाब निकाल्न बाँकी नै छ, तर सामान्यतया मिर्गौला प्रत्यारोपण गरेका बिरामीको उपचार खर्च ६ लाखसम्म आउँछ,’ डा खड्गाले खबरहबसँग भने, ‘प्रधानमन्त्रीको भनेर हामीले एक्स्ट्रा लिने कुरा भएन, प्रधानमन्त्रीज्युको उपचार खर्च पनि ६ लाख सम्म नै आउन सक्छ ।’

डा खड्गाले प्रधानमन्त्री ओलीको उपचार खर्चको हिसाब गरेर छिटै सार्वजनिक गरिने पनि बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : १८ बजे

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि