ब्राजिलका राष्ट्रपतिमा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

ब्राजिलका राष्ट्रपतिमा कोरोना भाइरसको संक्रमण पुष्टि


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियो डे जेनेरियो– ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रियो डि जेनेरियोबाट प्रकाशित हुने अखबार जर्नल ओडियाले राष्ट्रपति बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

उनलाई बिहीबारमात्रै कोरोना भाइरसको परीक्षण गरिएको थियो ।

यद्यपि बोल्सोनारोलाई कोरोना भाइरस लागेको पुष्टि भएको विषयमा ब्राजिलका स्वास्थ्य अधिकारीले भने कुनै टिप्पणी गरिसकेका छैनन् । यद्यपि उनको दोश्रो परीक्षणपछि यसबारे अझ स्पष्ट हुने जनाइएको छ ।

कोरोना भाइरसको परीक्षण गर्नुअघि राष्ट्रपति बोल्सोनारोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । यता बिहीबारमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग आफू नडराएको टिप्पणी गरेका थिए ।

बोल्सोनारोलाई कोरोना भाइरस देखिएको पुष्टि हुनु केही घण्टा अघिमात्रै उनका प्रेस सल्लाहकारमा पनि संक्रमणको पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : २८ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले