खडेरी पीडित किसानलाई मकैको बीउ | Khabarhub Khabarhub

खडेरी पीडित किसानलाई मकैको बीउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटेहाङ गाउँपालिकाले खडेरी पीडित किसानलाई मकैको बीउ वितरण शुरु गरेको छ ।

यसवर्ष खडेरीका कारण मकै छर्न नपाउँदा र छरेको मकैको बिरुवा मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण शुरु गरेको हो ।

धमाधम मकै छर्ने बेला काठमाडौँबाट एक लाख २० हजारमा ८०० केजी खरिद गरेर ल्याएको मकैको बीउ वितरण शुरु गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए ।

‘खडेरीका कारण अधिकांश किसानको घरमा मकैको गेडोसमेत छैन’, उनले भने, ‘गाउँपालिकाको तर्फबाट खरिद गरेर अतिप्रभावित क्षेत्रका किसानलाई ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण शुरु गरिएको हो ।’

खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, वडा नम्बर–७ खोटाङबजारका बेँसी क्षेत्रका किसान तथा वडा नम्बर–९ लिच्कीराम्चेका किसानलाई वितरण गर्नेगरी मनोकामना ३ जातको ५०० केजी र देउती जातको मकैको ३०० केजी बीउ खरिद गरिएको जनाइएको छ ।

खरिद गरिएको बीउले डढुवा सहन सक्ने, घोगा नकुहिने र ध्वाँसे नलाग्ने गाउँपालिकाका कृषि शाखाका प्राविधिक ममता खवासले दाबी गरे ।

यसवर्षको खडेरीले जिल्लाका सबैजसो स्थानीय तहमा ठूलो क्षति गरेको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा खडेरीका कारण सबै बालीनाली सखाप भएपछि खाद्यान्न अभाव भएको छ ।

अनिकालबाट बचाउन नगरपालिकाले गत असोजबाटै परिवार सङ्ख्याको आधारमा आवश्यक खाद्यान्न उपलब्ध गराइरहेको छ । नगरवासीलाई भोकमरीबाट बचाउन चामल र दाल उपलब्ध गराइएको नगरप्रमुख इवन राईले जानकारी दिए ।

दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपाती लामो समयको खडेरीले सखाप पारेपछि स्थानीयवासी चिन्तित बनेका छन् । खेतीपातीबाहेक अन्य आम्दानीको अन्य स्रोत नहुने हलेसी क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव भएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ३७ बजे

जोय स्टोर र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं–  काठमाडौंको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका

कविता : चिहानबाट उठेकी नेतान्याहुकी आमा

शिशुहरूको चित्कारले निद्रा खुलेपछिवयस्कहरूको क्रन्दनले मुटु हल्लिएपछिकेही त सम्झाऊ छोरालाई

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार

काठमाडौं– ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

काठमाडौंमा आइपुग्यो उड्ने कार,  नाडा अटो शोमा प्रदर्शन हुने 

काठमाडौं– उड्ने कार काठमाडौंमा आइपुगेको छ । नाडा अटोमोबाइल्स एशोसिएसन

सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

भ्लाडिभोस्टोक– रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि