मनाङको धारापानीमा हेल्थ डेस्क स्थापना « Khabarhub

मनाङको धारापानीमा हेल्थ डेस्क स्थापना


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिमाली जिल्ला मनाङमा कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाइएको छ । कोरोनाबाट जोगिन जिल्लास्थित नासो गाउँपालिका १ धारापानीमा हेल्थ डेस्क स्थापना गरी बिहीबारदेखि पर्यटकको स्वास्थ्य चेकजाँच गर्न थालिएको हो ।

मनाङ नासों गाउँपालिका ,जिल्ला प्रशासन कार्यालय , जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पातल मनाङ र एक्याप धारापानी चेकपोष्टको संयुक्त पहलमा हेल्थ डेस्क स्थापना गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । प्रजिअ पौडेलका अनुसार डेस्कमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्य जाँच गरिनेछ ।

अन्नपुर्ण पदमार्गको पर्यटकको प्रमुख गन्तव्य मनाङमा दैनिक ५ सय बढी पर्यटक आउने भएकाले पर्यटकलाई समेत परीक्षण गरेर जिल्लामा प्रवेश गराउने उद्देश्यकासाथ हेल्थ हेस्क स्थापना गरिएको मनाङका प्रमुख जिल्ला पौडेलले बताए ।

कोरोना भाईरस (कोभिड –१९) छिमेकी राष्ट्र भारतमा पनि देखापरेको र मनाङसँग चिन जाडीएकाले खु्ला सिमानाका कारण मनाङको धारापानीमा स्वास्थ्य परिक्षणका लागि नासो गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए ।

उनले कोरोना संक्रमण विश्वव्यापी समस्या भएकोले यसको संक्रमणबाट जोगिन प्रचारप्रसार र सचेतनाका कार्यक्रम आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ४७ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा