आज नयाँ वर्षलाई स्वागत गर्दै बजाउनुस् राष्ट्रिय गान « Khabarhub

आज नयाँ वर्षलाई स्वागत गर्दै बजाउनुस् राष्ट्रिय गान


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय गान बजाउन आमजनतालाई अपिल गरेका छन् ।

आजबाट नयाँ वर्ष २०७७ साल सुरु भएको छ । लकडाउनका कारण मानिसहरु घरभित्रै रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान बजाउन अपिल गरेका हुन् ।

नयाँ वर्षको दिन बैशाख १ गते बिहान ८ बजे राष्ट्रिय गान बजाउन प्रधानमन्त्रीले अपिल गरेका हुन् ।

सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै प्रधानमन्त्री ओलिले राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ भनेका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।”

ग्लोबल कम्प्याक्ट नेपालले ‘अहिले देशमा कोभिड-१९ को संकट रहेकाले अग्रपंक्तिमा रही अहोरात्र खटिने चिकित्सक, नर्ससहितका अत्यावश्यक काममा होमिएकाको सम्मानमा यस्तो गर्न अपिल गरिसकेको छ।

यो संस्थाले संकटको घडीमा परिचालितहरुको स्वागतमा राष्ट्र गानको समाप्ति पछि करताल ध्वनिले एकेबद्दता स्वरूप आ-आफ्नो घरको छत तथा बरन्डामा उभिएर तालि बजाउन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : १७ बजे

‘दिमागी नक्सल’ विवाद : विद्यार्थीको समर्थनमा उत्रिए नसीरुद्दीन शाह

काठमाडाैँ – भारतीय अभिनेता नसीरुद्दीन शाहले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर