आज नयाँ वर्षलाई स्वागत गर्दै बजाउनुस् राष्ट्रिय गान « Khabarhub

आज नयाँ वर्षलाई स्वागत गर्दै बजाउनुस् राष्ट्रिय गान


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय गान बजाउन आमजनतालाई अपिल गरेका छन् ।

आजबाट नयाँ वर्ष २०७७ साल सुरु भएको छ । लकडाउनका कारण मानिसहरु घरभित्रै रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान बजाउन अपिल गरेका हुन् ।

नयाँ वर्षको दिन बैशाख १ गते बिहान ८ बजे राष्ट्रिय गान बजाउन प्रधानमन्त्रीले अपिल गरेका हुन् ।

सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै प्रधानमन्त्री ओलिले राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ भनेका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।”

ग्लोबल कम्प्याक्ट नेपालले ‘अहिले देशमा कोभिड-१९ को संकट रहेकाले अग्रपंक्तिमा रही अहोरात्र खटिने चिकित्सक, नर्ससहितका अत्यावश्यक काममा होमिएकाको सम्मानमा यस्तो गर्न अपिल गरिसकेको छ।

यो संस्थाले संकटको घडीमा परिचालितहरुको स्वागतमा राष्ट्र गानको समाप्ति पछि करताल ध्वनिले एकेबद्दता स्वरूप आ-आफ्नो घरको छत तथा बरन्डामा उभिएर तालि बजाउन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : १७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने