इटालीमा कोरोना भाइरसले हालसम्म १७ हजार ६६९ जनाको मृत्यु | Khabarhub Khabarhub

इटालीमा कोरोना भाइरसले हालसम्म १७ हजार ६६९ जनाको मृत्यु


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

सोमबार बिहानसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १९ हजार ८९९ पुगेको छ । इटालीमा एकैदिन ४३१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९ हजार ८९९ पुगेको हो ।

इटालीमा एकैदिन ४ हजार ९२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५६ हजार ३६३ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३४ हजार २११ जना उपचारपछि निको भएका छन् । ३ हजार ३४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख २ हजार २५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १४ हजार १९४ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १८ लाख ५२ हजार ३५६ भन्दा बढी रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : २७ बजे

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ