काठमाडौं – बंगलादेशका संस्थापक नेता शेख मजिबुर रहमानको हत्यामा दोषी ठहरिएका एक पूर्वसैन्य अधिकारीलाई आइतबार ढाकामा मृत्युदण्ड दिइएको छ ।
पूर्वसैन्य अधिकारी अब्दुल माजिदले यही हप्ता राष्ट्रपितसमक्ष गरेको क्षमादान अपिल खारेज भएपछि उनलाई मृत्युदण्ड दिइएको हो ।
शेख मुजिबुरको हत्यापछि २५ वर्षसम्म फरार रहेका अब्दुल गत मङ्गलबार पक्राउ परेका थिए ।
बङ्गलादेशी वर्तमान राष्ट्रपति शेख हसीनाका पिता शेख मुजिबुरका परिवारका सदस्यसहित अन्य धेरैलाई सन् १९७५ को एक सैन्य विद्रोहमा मारिएको थियो ।
प्रतिक्रिया