कोरोनाको उपचारमा संलग्न नर्सको मनछुने फोटोसहितको पोष्ट जसले धेरैलाई बनायो भावुक « Khabarhub

कोरोनाको उपचारमा संलग्न नर्सको मनछुने फोटोसहितको पोष्ट जसले धेरैलाई बनायो भावुक


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतको एक अस्पतालमा कोरोना भाइरसको उपचारमा संलग्न भएकी एक नर्सले लगातार १३ घण्टा प्रोटेक्टिभ गियर लगाएर काम गरेपछि बिग्रिएको आफ्नो अनुहारको फोटो शेयर गरेकी छिन् ।

बेलायतको नटंघमशायरको पूर्वी रेटफोर्डकी नर्स एमी गोल्डले आफ्नो यो तस्वीर फेसबुकमा पोस्ट गर्दै मानिसहरुलाई घरबाहिर ननिस्किन आग्रह गर्दै लेखेको पोष्टले यतिबेला धेरैको मन छोएको छ ।

डोनक्यास्टर एण्ड बासेत्लाभ टिचिङ हस्पिटलमा कार्यरत यी नर्सले आफूले कोरोना भाइरसको महामारीले हप्तामा ६५ घण्टा काम गरेको खुलासा गर्दै उनले घरबाहिर जानेबारे सोच्दै गर्दा आफ्नो यो अनुहार सम्झिन आग्रह गरेकी छिन् ।

तस्वीरमा आफ्नो युनिफर्ममा रहेकी एमीको अनुहारमा ठूला ठूला छापहरु छन् र केही चोट समेत लागेका छन् ।

उनको अनुहार निकै थकित देखिन्छ । उनले यो तस्वीरलाई ‘वास्तविकताको तस्वीर’ भएको बताएकी छिन् ।

उनले आफूले आफ्ना परिवारले झण्डै एक महिनादेखि भेट्न नपाएको बताउँदै अरुलाई बचाउनका लागि आफ्नै ज्यान जोखिममा राखिरहेको बताएकी छिन् ।

उनले आफू अझै पनि अग्रपंक्तिमा रहेर कोरोनाभाइरससँग लडिरहने प्रतिज्ञा गरिन् । उनले भाइरसका कारण ज्यान गुमाउने बिरामीको अन्तिम समयमा उनीहरुका आफन्त साथमा हुन नपाउँदा बिरामी एक्लै छैनन् भन्ने आभास दिलाउन उनीहरुको हात समाउने गरेको बताउँदै पोष्ट गरेपछि यतिबेला उनको पोष्टले धेरैको मन छोएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : ५० बजे

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको