लकडाउन उल्लंघन गरेको भन्दै अमेरिकामा प्रहरीद्वारा ६ जनामाथि गोली प्रहार « Khabarhub

लकडाउन उल्लंघन गरेको भन्दै अमेरिकामा प्रहरीद्वारा ६ जनामाथि गोली प्रहार


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाको क्यालिफोर्नियामा घरमै बस्न दिइएको आदेश उल्लंघन गर्दै पार्टीको आयोजना गर्ने ६ जनालाई प्रहरीले गोली प्रहार गरेको छ ।

शुक्रबार राति बेकर्सफिल्डको एक अपार्टमेन्ट ती ६ जनामाथि गोली चलाइएको स्थानीय शेरिफ प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गोली हानिएकाहरु ४ महिला १ पुरुष र १ किशोरी रहेका छन् । उनीहरुमाथि ज्यान नजाने गरि गोली हानिएको हो ।

क्यालिफोर्नियामा प्रतिबन्ध लगाइएको भए पनि गएको महिनादेखि नै यसको उल्लंघनका घटनाहरु भइरहेका देखिएका छन् ।

क्यालिफोर्निया अमेरिकामा अत्यन्तै प्रभावित क्षेत्रमध्ये पर्दछ । पछिल्लो तथ्यांक अनुसार क्यालिफोर्नियामा २१ हजार ७९४ संक्रमित देखिइसकेका छन् भने ६५१ जनाको मत्यु भइसकेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : ५९ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई