लकडाउन उल्लंघनको ‘विवादका कारण’ सप्तरीमा १ महिलाको मृत्यु « Khabarhub

लकडाउन उल्लंघनको ‘विवादका कारण’ सप्तरीमा १ महिलाको मृत्यु


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजबिराज– लकडाउन उल्लंघनको विषयमा प्रहरीसँगको विवादका क्रममा बोहोस भएर ढलेकी एक बृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

सप्तरीको खड्ग नगरपालिका–६ बीरपुरमा लकडाउन उल्लंघन गरेर बाहिर निस्किएका युवामाथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले स्थानीय युवाहरुलाई घर भित्र जान अनुरोध गरेपनि युवाहरुले प्रतिवाद गरेपछि लाठी प्रहार गरेको थियो ।

त्यसक्रममा स्थानीय ६५ वर्षीया जयनव खातुन पनि प्रतिवादका लागि सडकमा आएकी थिइन् । स्थानीयका अनुसार प्रहरीसँग बादविवादमै उत्रिएकी खातुन बेहोस भएर सडकमै ढलेकी थिइन् ।

बेहोस भएर ढलेकी उनलाई प्रहरीले गाडीमा राखेर उपचारका लागि स्थानीय अस्पतालमा लगिएकोमा त्यहाँबाट थप उपचारका लागि गजेन्द्रनारायाण सिंह सथरमाथा अञ्चल अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले भने उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारती मृतक खातुन पहिलेदेखि नै मुटुको रोगी रहेकी बताउँछन् । स्थानीयले भने प्रहरीले कुटेका कारण खातुन बेहोस भएर ढलेको र सोही कारण उनको मृत्यु भएको बताएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ३ : २५ बजे

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को