कोरोनाको सन्त्रासका बीच अस्पतालमा भाइरल ज्वरोका बिरामीको भीड « Khabarhub

कोरोनाको सन्त्रासका बीच अस्पतालमा भाइरल ज्वरोका बिरामीको भीड


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान– प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल ज्वरोका बिरामीसमेत अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी राजन घिमिरेले बताए । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् ।

बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको घिमिरेले बताए । स्वास्थ्य संस्थामा भाइरल ज्वरोको उपचारका लागि दैनिक ६० बिरामी अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ । दैनिक बहिरङ्गमामा ४० र आकष्मिक कक्षमा २० जनासम्म बिरामी आउने गरेको बताइएको छ ।

सामान्य समयभन्दा बिरामीको संख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको संख्या भने कम रहेको उनले बताए । जिल्ला अस्पतालले कोरोना भाइरस फैलिन नदिन र ज्वरो तथा रुघाखोकीको उपचार गराउन छुटै सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

रुघाखोकी र ज्वरोका बिरामीलाई जाँच गर्दा कोरोना भाइरस संक्रमणको आशंका भए आइसोलेशनमा राख्ने गरिएको छ । हालसम्म यस्ता बिरामी नआएको अस्पतालले जनाएको छ । अस्पतालले कोरोना संक्रमणका बिरामी राख्न चार आइसोलेशन शय्या तयारी अवस्थामा राखेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ४ : २१ बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै