नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो « Khabarhub

नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो ।

कैलालीको लम्कीचुहा घर भएकी ६५ वर्षीया महिला र रौतहटका १९ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

१३ औं केसको रुपमा कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो भने रौतहटका युवकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएकी कैलालीकी ६५ वर्षीया महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनी चैतको दोस्रो साता मात्रै पर्साको वीरगन्जबाट कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित आफ्नो घर आइपुगेकी थिइन् ।

पछिल्लो पटक कैलाली र रौतहटमा थप २ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको हो । जसमध्येका १ जना उपचारपछि निको भइसकेका छन् ।

बाँकी संक्रमितमध्ये ५ जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, ३ जनाको पर्साको वीरगन्जस्थित नारायणी अस्पताल, २ जनाको बाग्लुङको धौलागिरी अस्पताल तथा २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ४ : २९ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न