देशभरका ५२ जिल्लामा कोरोना भाइरसको नमूना परीक्षण « Khabarhub

देशभरका ५२ जिल्लामा कोरोना भाइरसको नमूना परीक्षण


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिए । अहिले पीसीआरबाट देशभरिमा ११ वटा ठाउँमा परीक्षण भइरहेको छ । उनले बाँकी २५ जिल्लामा चाँडै नै परीक्षण गरिने बताए ।

उनका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९८२ जनाको परीक्षण गरिएको छ । यसमध्ये पीसीआरबाट पाँच हजार ६९१ र र्‍यापिड डाइग्नोष्टिक टेष्टबाट ५ हजार २९१ जनाको परीक्षण गरिएको छ । पीसीआरबाट गरिएको परीक्षणमा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ४३१ र उपत्यकाबाहिर १ हजार २५९ गरिएको छ । सोमबार मात्रै काठमाडौंमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ ।

यसैगरी प्रवक्ता डा देवकोटाले पर्सामा हिजो कोभिड–१९ सङ्क्रमित आफन्त, नातेदार र नजीकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको जानकारी दिए । पर्साको विभिन्न मस्जिदमा रहेका २८ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।

पर्साको छपकैया टोलमा रहेका ५९ जनाको र्‍यापिड किटबाट परीक्षण गरिएको र सबैमा सङ्क्रमण नभएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा १४ दिनभन्दा बढी क्वारेन्टाइनमा रहेका मानिसको र्‍यापिड किटबाट परीक्षण शुरु भएको उनले जानकारी दिए । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कैलालीको लम्की नगरपालिकामा ६५ वर्षीया महिला र रौतहतमा १९ वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

दुवै सङ्क्रमितको अनुसन्धान र कन्ट्याक ट्रेसिङ गर्ने कार्य शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । महिलालाई सुदूर पश्चिम प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ भने रौतहटका पुरुषलाई पनि अस्पताल लैजाने प्रक्रिया रहेको छ ।

यसैगरी अहिलेसम्म सात हजार १७७ क्वारेन्टाइनमा बसेको छन् । वेबसाइट र मोबाइल एपमा आफैं परीक्षण गराएका १३ जना आज ‘रेड जोन’मा परेका छन् । अहिलेसम्म २१९ जना रेड जोनमा परेका छन् । अहिलेसम्म १०३ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौंमा नौ जना र बाँकी ९४ जना बाहिर रहेका छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ्मा दुई, काठमाडौंमा दुई, पर्सामा तीन र रौतहटमा एकजना सङ्क्रमित फेला परेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ०६ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न