पेप्सीकोलामा र्‍यापिड टेष्टमा एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ « Khabarhub

पेप्सीकोलामा र्‍यापिड टेष्टमा एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंकाे पेप्सीकोलामा एकै परिवारका तीन जनामा र्‍यापिड टेष्ट किटबाट गरिएको कोरोना परीक्षण पोजेटिभ देखिएको छ ।

हालै बेलायतबाट फर्किएका उनीहरुमा र्‍यापिड टेष्ट किटबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरुमा कोरोनाको संक्रमण देखिएपछि पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसाेलेशनमा राखिएको हो ।

अस्पतालले थ्रोड स्वाब संकलन गरी पीसीआर विधिबाट पुनः परीक्षण गर्न लागेको अस्पतालका निर्देशक शर्माले बताए । डा शर्माका अनुसार उनीहरु केही समय अगाडि बेलायतबाट नेपाल आएका हुन्।

उनीहरुमा र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षण पोजेटिभ देखिएपछि अहिले उनीहरु बसेको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट सील गरिएको छ । सो क्षेत्रमा प्रहरीले उच्न  निगरानी समेत बढाएको छ ।

अहिले प्रहरीले अपार्टमेन्ट भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन ।

प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ । पोखरेलका अनुसार उनीहरु तीन जना गत  चैत ५ गते बेलायतबाट आएको थाहा भएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ७ : २४ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न