भक्तपुरका आठ अस्पतालमा ९८ आइसोलेशन « Khabarhub

भक्तपुरका आठ अस्पतालमा ९८ आइसोलेशन


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- स्वास्थ्य कार्यालय भक्तपुरले कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै भक्तपुर जिल्लामा रहेका अस्पतालको अवस्था र तयारीबारे अनुगमन थालेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले कारोना सङ्क्रमणको हव अस्पतालका रुपमा रहेको भक्तपुर अस्पताल दूधपाटी, डा इवामुरा अस्पताल सल्लाघारी, सिद्धिस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन गरेको छ ।

भक्तपुरका आठवटा अस्पतालमा ९८ श्ययाको आइसोलेशन वार्ड तयार गरिएको उनले जानकारी दिए। हाल भक्तपुर अस्पतालमा १०, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६, मध्यपुर अस्पताल ठिमीमा प्रस्तावित आठ, काठमाडौँ मेडिकल अस्पताल दुवाकोट शाखामा ७२, डा इवामुरा मेमोरियलमा ६, नागरिक अस्पताल गठ्ठाघरमा तीन र सिद्धि स्मृति अस्पतालमा एक, क्यान्सर अस्पताल दूधपाटीमा प्रस्तावित पाँच गरी ९८ श्ययाको आइसोलेशन वार्ड तयार गरिएको स्वास्थ्य प्रमुख मिजारले जानकारी दिए ।

यसैगरी यिनै अस्पतालहरुको समन्वयमा थप २७ श्ययाको आइसोलेशन वार्डसमेत विस्तार गर्न सकिने अवस्था रहेको उनको भनाइ छ । यी अस्पतालमा २३ श्ययाको आइसियू सञ्चालनको तयारी अवस्थामा रहेको र बाँकी १६ श्यया सञ्चालनका लागि प्रस्तावित अवस्थामा रहेका छन् । जिल्लाको हव अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेशन श्यया बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिए ।

भक्तपुर अस्पतालले नै १९ श्ययाको सिङ्गो मेडिकल वार्डलाई आइसोलेशन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाइएको डा गौतमले जानकारी दिए । उनले आवश्यक परे त्यहीँबाट सङ्क्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्थासमेत गर्ने जानकारी दिँदै अस्पतालमा सङ्क्रमित आइहालेको अवस्थामा उचित उपचारका लागि आवश्यक स्वास्थ्य जनशक्तिलाई अस्पतालमै आवासीय व्यवस्थासमेत गरिएको बताए। काठमाडौँ मेडिकल अस्पतालका डा बिनिता प्रधानले सरकारको स्वीकृति, सहयोग र सहजीकरण पाए कोभिड–१९ का बिरामी उपचारमा प्रयोग गर्न परेमा विशेष अस्पतालका रुपमा सेवा गर्न पनि तयार रहेको बताए ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : १० बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको