भक्तपुरका आठ अस्पतालमा ९८ आइसोलेशन « Khabarhub

भक्तपुरका आठ अस्पतालमा ९८ आइसोलेशन


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- स्वास्थ्य कार्यालय भक्तपुरले कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै भक्तपुर जिल्लामा रहेका अस्पतालको अवस्था र तयारीबारे अनुगमन थालेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले कारोना सङ्क्रमणको हव अस्पतालका रुपमा रहेको भक्तपुर अस्पताल दूधपाटी, डा इवामुरा अस्पताल सल्लाघारी, सिद्धिस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन गरेको छ ।

भक्तपुरका आठवटा अस्पतालमा ९८ श्ययाको आइसोलेशन वार्ड तयार गरिएको उनले जानकारी दिए। हाल भक्तपुर अस्पतालमा १०, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६, मध्यपुर अस्पताल ठिमीमा प्रस्तावित आठ, काठमाडौँ मेडिकल अस्पताल दुवाकोट शाखामा ७२, डा इवामुरा मेमोरियलमा ६, नागरिक अस्पताल गठ्ठाघरमा तीन र सिद्धि स्मृति अस्पतालमा एक, क्यान्सर अस्पताल दूधपाटीमा प्रस्तावित पाँच गरी ९८ श्ययाको आइसोलेशन वार्ड तयार गरिएको स्वास्थ्य प्रमुख मिजारले जानकारी दिए ।

यसैगरी यिनै अस्पतालहरुको समन्वयमा थप २७ श्ययाको आइसोलेशन वार्डसमेत विस्तार गर्न सकिने अवस्था रहेको उनको भनाइ छ । यी अस्पतालमा २३ श्ययाको आइसियू सञ्चालनको तयारी अवस्थामा रहेको र बाँकी १६ श्यया सञ्चालनका लागि प्रस्तावित अवस्थामा रहेका छन् । जिल्लाको हव अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेशन श्यया बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिए ।

भक्तपुर अस्पतालले नै १९ श्ययाको सिङ्गो मेडिकल वार्डलाई आइसोलेशन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाइएको डा गौतमले जानकारी दिए । उनले आवश्यक परे त्यहीँबाट सङ्क्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्थासमेत गर्ने जानकारी दिँदै अस्पतालमा सङ्क्रमित आइहालेको अवस्थामा उचित उपचारका लागि आवश्यक स्वास्थ्य जनशक्तिलाई अस्पतालमै आवासीय व्यवस्थासमेत गरिएको बताए। काठमाडौँ मेडिकल अस्पतालका डा बिनिता प्रधानले सरकारको स्वीकृति, सहयोग र सहजीकरण पाए कोभिड–१९ का बिरामी उपचारमा प्रयोग गर्न परेमा विशेष अस्पतालका रुपमा सेवा गर्न पनि तयार रहेको बताए ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : १० बजे

बोत्स्वानामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु

गबरोन- अफ्रिकी मुलुक बोत्स्वानाको उत्तरपूर्वी भागमा सडक दुर्घटना हुँदा २२

कञ्चनपुरमा एक बालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–५

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

काठमाडौं– विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य आशुतोष प्रधानले

पाकिस्तानद्वारा थप २ सय भारतीय माझी रिहा

काठमाडौँ- पाकिस्तानले आज थप दुई सय भारतीय माझीलाई रिहा गरेको

चीन भ्रमण निकै फलदायी : अग्नि सापकोटा

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले