कोरोना संक्रमणको तेस्रो चरणबाट देशलाई बचाउन यसो गरौँ : डा. पाण्डे « Khabarhub

कोरोना संक्रमणको तेस्रो चरणबाट देशलाई बचाउन यसो गरौँ : डा. पाण्डे


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो क्रममा देखिएको छ ।

हालसम्म १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौंमा सोमबार मात्रै थप तीन जनामा कोरोना पोजेटिभ देखिएको समाचार छ । यो अवस्थमा स्वयं सावधानी अपनाउनुको विकल्प छैन ।

जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले नेपालमा कोरोना संक्रमण सिद्धान्तत: तेस्रो चरणमा प्रवेश गर्ने अवस्थालाई मध्यनजर गर्दै यो चरण रोक्नको लागि फरक ढंगले ब्यबहार तथा काम गर्नु अत्यावश्यक रहेको बताएका छन् ।

उनले असल सरकार, असल स्थानीय निकाय तथा असल नागरिक बन्नको लागि हामी सबै आफ्नो ठाउँमा जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनले नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन केही सुझवा प्रस्तुत गरेका छन् । यस्ता छन् उनका सुझाव –

– हरेक स्थानीय निकायले उच्च ज्वरो, सुख्खा लहरे खोकी तथा सास फेर्न गाह्रो भएका व्यक्तिलाई अनिबार्य २-३ हप्ता क्वारेन्टाइनमा राख्ने । परिक्षण पर्खेर नबस्ने ।

– RDT अर्थात किटले ३० % गलत रिपोर्ट देखाउन सक्छ । तसर्थ माथिका लक्षण छन् तर किटमा नेगेटिभ आयो भने पनि २-३ हप्ता क्वारेन्टाइनमा बसौं । त्यो फल्स नेगेटिभ हुनसक्छ ।

– RDT पोजिटिभ आयो तर लक्षण देखिएन भनेपनि क्वारेन्टाइनमा बसौं ।

– PCR मा पोजिटिभ देखिएमा आइसोलेसनमा राखौं । लक्षण देखिएको छ तर PCR नेगेटिभ देखिएमा होम क्वारेन्टाइनमा बसौं ।

– हरेक स्थानीय निकायले आफ्नो पालिकामा कोरोना अस्पताल / ज्वरो तथा रुघाक्लिनिक तोकौं, निर्माण गरौँ ।

– हरेक प्रदेशले प्रत्येक जिल्ला सदरमुकामका कोरोना अस्पताल तथा जनरल अस्पताल तोकेर तदनुसार सेवा संचालन गरौँ । निजि अस्पतालमा बाध्यकारी ब्यबस्था गरौँ ।

– स्वास्थ्यकर्मीलाई गुणस्तरीय PPE लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएर सुरक्षित तथा उच्च मनोबलयुक्त बनाऔं ।

– अबका दिनहरुमा कोरोना संक्रमणको संख्या बढ्दै जानेछ । भौतिक तथा मानसिक रुपमा तयार बनौं । कोरोनाको मृत्युदर निकै कम छ । हामी कोरोनासंग लड्न सक्छौं ।

– लक डाउनलाई कर्फ्युको स्तरमा कडा गरौँ । बिहान, बेलुका र भित्री बस्तीमा प्रहरी परिचालन बढाउने ब्यबस्था गरौँ । उल्लङ्घन गर्नेलाई फाइनको ब्यबस्था गरौँ ।

– आइसोलेसन र क्वारेन्टाइनबाट मान्छेहरु भाग्ने क्रम रोकिएको छैन, त्यसैले त्यस्ता केन्द्रमा प्रहरी खटाऔं । क्वारेन्टाइन सेन्टरलाई बसौं बसौं लाग्ने बनाऔं । जेलजस्तो नबनाऔं ।

– हामी नागरिकले राजनैतिक विवाद गरेर सामाजिक संजाल प्रदुषित नगरौं । सबैजना जनजागरणमा लागौं । भ्रष्ट्राचार / ढिलासुस्ती जहाँ हुन्छ, खबरदारी गरौँ । यो राजनीति गर्ने समय हैन, आफु बाँच्ने र आफन्तलाई बचाउने समय हो ।

– निम्न आय भएका व्यक्तिलाई सबैले सहयोग गरौँ । कसैले खान नपाए, बस्न नपाए, बिरामी भए नजिकको वडा कार्यालय वा प्रहरी चौकीमा गएर आफ्नो समस्या राखौं । तर धेरै दिन हिंडेर गाउँ जाने जोखिम नबोकौं ।

– भ्रष्ट्राचार तथा कालोबजारी गर्ने जो सुकै होस्, तत्काल बर्खास्त तथा कारबाही गरौँ ।

– १ बर्षको लागि दैनिक उपभोग्य सामान तथा औषधिको स्टक प्रत्येक प्रदेशमा राखौं ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : ३० बजे

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

सगरमाथा वृक्षरोपण अभियान : मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

भोजपुर– सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम

‘सरप्राइज गिफ्ट’ मार्फत प्रविनाको व्यावसायिक उडान : जिरो लगानी, लाख कमाइ

कांग्रेस सभापति गगन थापाले एउटी किशोरीसँग उनको ‘स्टार्टअप बिजनेस’ को

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५