कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८ सय पुग्यो, ४३ लाख ३९ हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८ सय पुग्यो, ४३ लाख ३९ हजार संक्रमित


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार ३२० जनाले ज्यान गुमाएका छन् भने ८५ हजार ३३५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख २ हजार ९१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ४४ हजार ९२५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ३४० जनाको अवस्था गम्भीर छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५५ हजार ७६२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ७५ हजार ७४२ पुगेको ।

उत्तर अमेरिकी मुलुकहरुमा ९३ हजार ५४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ४६ हजार ६२२ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २२ हजार ८५२ जनाको मृत्यु भएको छ । ७ लाख १ हजार ५६५ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १८ हजार १०८ जनाको मृत्यु भएको छ । ३ लाख ३५ हजार ६२४ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ४०७ जनाको ज्यान गएको छ भने ७० हजार ९८५ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५६५ पुगेको छ ।

सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ८३ हजार ३६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८ हजार ३९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ९३ हजार ३५८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३१ हजार ३१५ जनामध्ये १६ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ११ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको