कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८ सय पुग्यो, ४३ लाख ३९ हजार संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८ सय पुग्यो, ४३ लाख ३९ हजार संक्रमित


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार ३२० जनाले ज्यान गुमाएका छन् भने ८५ हजार ३३५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख २ हजार ९१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ४४ हजार ९२५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ३४० जनाको अवस्था गम्भीर छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५५ हजार ७६२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ७५ हजार ७४२ पुगेको ।

उत्तर अमेरिकी मुलुकहरुमा ९३ हजार ५४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ४६ हजार ६२२ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २२ हजार ८५२ जनाको मृत्यु भएको छ । ७ लाख १ हजार ५६५ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १८ हजार १०८ जनाको मृत्यु भएको छ । ३ लाख ३५ हजार ६२४ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ४०७ जनाको ज्यान गएको छ भने ७० हजार ९८५ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५६५ पुगेको छ ।

सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५७१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ८३ हजार ३६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८ हजार ३९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ९३ हजार ३५८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ३१ हजार ३१५ जनामध्ये १६ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ११ बजे

छठ पर्वले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्नेछ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव

वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

तनहुँ– तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरेर ८

आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं–प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन