नेकपाको स्थायी कमिटी बैठक बस्दै « Khabarhub

नेकपाको स्थायी कमिटी बैठक बस्दै


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम, पार्टीभित्रको आन्तरिक विवाद तथा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल हुनेछन् ।

यसअघि २५ गते स्थायी कमिटी बैठक डाक्ने निर्णय भएपछि बैशाख २४ बसेको सचिवालय बैठकमा एजेण्डा तय हुन नसकेपछि बैठक अनिश्चित बनेको थियो ।

बैशाख २४ उक्त बैठकमा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने  एजेण्डाका विषयमा शीर्ष नेताहरुसँग चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक नै छाडेर हिडेका थिए ।

यसअघि सरकारको कार्यशैलीप्रति असन्तुष्ट स्थायी कमिटीका २० सदस्यहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र लेखेरै स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : ०९ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी