रक्तदान नहुँदा प्युठानमा रगत अभाव « Khabarhub

रक्तदान नहुँदा प्युठानमा रगत अभाव


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान – प्युठानमा रगत अभाव भएको छ ।

लकडाउनका समयमा विभिन्न संघसंस्थाले गर्दै आएको रक्तदानमा कमी आएपछि नेपाल रेडक्रस सोसाइटीद्वारा बिजुवारमा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रमा रगतको अभाव भएको हो ।

लकडाउनका समयमा रगत कम खपत भए पनि रक्तदान गर्ने कम भएपछि अभाव भएको केन्द्रले जनाएको छ ।

यसअघि मासिक रुपमा ३० देखि ४० युनिटसम्म रगत खपत हुँदै आएकामा अहिले लकडाउनका समयमा मासिक १५ देखि २० युनिट मात्र रगत खपत हुने गरेको भए पनि अभाव भएको केन्द्रका इञ्चार्ज सन्तोष अधिकारीले बताए ।

सोसाइटीले रक्तदान गर्न र रक्तदानको शिविर बढाउन विभिन्न संघसस्था तथा व्यक्तिलाई आह्वान गर्दै आएको छ ।

अहिले विपद्का समयमा रक्ताभाव हुन नदिन स्वयंसेवी रक्तदाता समाज र लायन्स क्लब अफ प्युठानले केन्द्रको समन्वयमा रगत संकलन गर्दै आएका छन् ।

लकडाउन अवधिभर विभिन्न क्षेत्रका ४८ व्यक्तिले रक्तदान गरेको रक्तसञ्चार सेवा केन्द्रका इञ्चार्ज अधिकारीले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १२ : ०४ बजे

अमेरिका-इरान युद्धविरामको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ – अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै विश्व अर्थतन्त्र

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारकाका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र