जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ « Khabarhub

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कोरोना भाइरसको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

जुम्लाका चन्दननाथ नगरपालिकासहित सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन गरिएका ९२३ जनाको एकैपटक पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले जानकारी दिए ।

मङ्गलबारबाट बिहान ८ः०० बजेबाट शुरु गरिएको पिसिआर परीक्षण २४ घण्टामा सम्पन्न गरिएको र सबैको रिपोर्ट नेगेटिभ देखिएको उनले बताए ।

प्रयोगशाला प्रमुख पुनका अनुसार प्रतिष्ठानले जुम्लाका सात गाउँपालिकामा सिञ्जा १९९, कनकासुन्दरी २००, हिमा ३७, तिला ७०, तातोपानी ११०, गुठीचौर ९५, पातारासी ७० र चन्दननाथ नगरपालिका ५८ जनाको स्वाब सङ्कलन गरेको थियो ।

त्यस्तै, कालीकोटमा दुई, मुगुमा पाँच र नेपाली सेना एक जनासमेतको स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको उनको भनाइ थियो ।

हाल प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गरिएका ९२३ र यसअघि सुर्खेत तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएका जुम्लाका ३४० जना सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ३ : ११ बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा