दशगजामा रोकिएका ७० जना नेपाल भित्रिए « Khabarhub

दशगजामा रोकिएका ७० जना नेपाल भित्रिए


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको नेपाल भारत सीमा जोडिएको दशगजामा रोकिएका मध्ये ७० जना भन्दा बढीलाई नेपाल भित्र्याइएको छ ।

पश्चिम नवलपरासीका सुस्ता गाउँपालिकाले उनीहरुलाई नेपाल भित्र्याएको हो ।

पछिल्लो समय भारतमा रेल र सरकारी बस चल्न थाले पछि त्यहांका विभिन्न शहरबाट घर फकिएकाहरु पश्चिम नवलपरासीको सिमावर्ति क्षेत्रका दशगजामा जम्मा भएका थिए ।

कोभिड १९ को सुरक्षा सतर्कता अपनाउन गरिएको लकडाउन र सीमा शील गरिँदा सयौं नेपाली दशगजा क्षेत्रमा अलपत्र परेका थिए ।

विगत ३/४ दिनदेखि सुस्ता, गुठी प्रसौनी, गेर्मी, भुजहवा लगायतका सिमावर्ती क्षेत्रका दशगजा वरपर अलपत्र परेका नेपाली बस्दै आएका थिए ।

नेपाल छिर्ने आशमा सिमामा बस्दै आएका नेपालीलाई नजिकैका नेपाली र भारतीय बस्तीका स्थानीयले जसोतसो खाना खुवाउदै आएको थियो । उनीहरुको अवस्था दिनानु दिन नाजुक हुँदै गएपछि नेपाल भित्र्याइएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

नेपालीहरु घर फर्कन सीमामा तैनाथ सुरक्षावल मार्फत स्थानीय प्रशासनमा हार गुहार गरिरहेका बेला नेपालमा एक्कासी कोरोना संक्रमण बढे पछि उनीहरु पर्ख या फर्कको स्थितिमा पुगेका थिए ।

सीमाका सयौं नेपालीलाई उद्धार गरी सुरक्षित स्वदेश फर्काउन जिल्ला प्रशासन हुदै माथिल्लो तहमा आवश्यक समन्वय भई रहेको यहांका सुरक्षा निकायहरुले बताउदै आएको थियो ।

सीमामा अड्किएका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउदै समयमा देश भित्र ल्याउन नसके खुल्ला सीमाबाट लुकिछिपी छिर्ने सम्भावना बढ्ने भएकाले झन जोखिम हुने खतरा बढ्दै गएको छ।

यसैबीच सीमामा नेपालीले खाना न पानी र खुल्ला आकाशको भरमा प्रशासनको मुख ताकेर बसिरहन नसक्ने स्थिति बन्दैगए पछि स्थानीय सुस्ता गाउंपालिकाले मंगलबार सांझ ७० भन्दा बढीलाई नेपाल ल्याएर क्वारेन्टाईनमा राखेको छ ।

भारतबाट आएर सीमामा अलपत्र नेपालीलाई विभिन्न सात क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।

पाण्डेका अनुसार सीमावर्ती पालिका सुस्तामा यस अघि ५ ओटा क्वारेन्टाईन रहेकोमा पछिल्लो समय सीमाको दशगजामा रहेका नेपालीलाई राख्न २ वटा स्कूलमा क्वारेन्टाईन थपिएको हो ।

सुस्ता गाँउपालिकाले क्वारेन्टाईनमा रहेका सवैलाई आवश्यक खाना तथा पानीका अतिरिक्त नियमित स्वास्थ्य जाँचको प्रबन्ध गरिरहेको जनाएको छ । यहांँ क्वारेन्टाईन बस्नेको संख्या १३१ छ ।

पालिकाले यस अघि कोभिड १९ रोग नियन्त्रण तथा रोकथामका लागि तेश्रो मुलुक, छिमेकी देश भारत र नेपालकै अन्य भागबाट आउनेलाई गरी तीन किसिमको अलग अलग क्वारेन्टाईन निर्माणको अवधारण ल्याएको थियो ।

प्रदेश ५ अन्तरगत पर्ने पश्चिम नवलपरासीमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन । अब उनीहरुको स्वाब परीक्षण समेत गरिने बताइएको छ । उनीहरुलाई नेपाल भित्र्याइएसँगै पश्चिम नवलपरासीमा पनि संक्रमणको जोखिम बढेको छ ।

रामकुमार श्रेष्ठबाट

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ३ : १३ बजे

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा

ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ

काठमाडौं– नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत् नियमन