२ जना कोरोना संक्रमित नारायणी अस्पतालको आइसोलेसनबाट भागे « Khabarhub

२ जना कोरोना संक्रमित नारायणी अस्पतालको आइसोलेसनबाट भागे


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नारायणी अस्पतालमा आइसोलेसनमा रहेका दुईजना संक्रमति अस्पतालबाट भागेका छन् ।

नारायणी अस्पतालका एक चिकित्सकका अनुसार हिजो संक्रमण पुष्टि भइ राति ९ बजे अस्पतालको आइसोलेसनमा भर्ना भएका दुईजना संक्रमति आज भागेका हुन् ।

उनीहरु स्वास्थ्य मन्त्रालयले हिजो दिउँसो संक्रमण पुष्टि गरेको पर्साका २९ जना मध्येका दुईजना हुन् ।

राजनाथ यादव र असरफ हवारी नाम गरेका दुईजना संक्रमित आइसोलेसनबाटै भागेको अस्पतालका एक चिकित्सकले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार अस्पतालबाट भागेका दुवै संक्रमितको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

डिएसपी शाहीले भने, अस्पतालले केही समय अघि दुईजना संक्रमित अस्पतालबाटै भागेको खबर गरेपछि अहिले हामीले प्रहरी परिचालन गरेर उनीहरुको व्यापक रुपमा खोजी कार्य थालिसकेका छौं ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ५ : ०४ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत