विश्वमा १५ लाख कोरोना संक्रमित निको भए, नेपालमा ३५ जना डिस्चार्ज « Khabarhub

विश्वमा १५ लाख कोरोना संक्रमित निको भए, नेपालमा ३५ जना डिस्चार्ज


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महाामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित १५ लाखभन्दा बढी मानिस निको भएर फर्किएका छन्।

अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांकअनुसार १५ लाख २ हजार ६ सय २० जना कोरोनाको उपचार सफल भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।

बुधबार दिउँसो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोना संक्रमितको संख्या भने ४२ लाख ७८ हजार १ सय ८० छ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित देखिएका छन्। अमेरिकामा मात्र १३ लाख ७० हजार १६ जना कोरोना संक्रमित भएका छन्। अमेरिकामा कोरोना भाइरसकै कारण ८२ जहार ३ सयभन्दा मानिसको मृत्यु भएको छ।

विश्वमा २ लाख ९२ हजार ३ सय १६ जनाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण भएको छ। अमेरिकापछि बढी मृत्यु हुने देशमा बेलायत दोस्रो स्थानमा छ।

भारतमा भने ७४ हजार ९ सय ९५ जना संक्रमित भएका छन्। नेपालमा हालसम्म २१९ जना संक्रमित भएका छन् भने ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ५ : २८ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले