पत्रकारको ‘पीसीआर’ विधिबाट स्वास्थ्य परीक्षण गर्न माग « Khabarhub

पत्रकारको ‘पीसीआर’ विधिबाट स्वास्थ्य परीक्षण गर्न माग


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाल प्रेस युनियन चितवन शाखाले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पीसीआर विधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ ।

युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वमा गएको टोलीले भट्टराईलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, “नेपालमा कोभिड–१९ देखिएसँगै यहाँका पत्रकारले प्रत्यक्षरुपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वविधितै छ । चितवनमा रहेर कार्यक्षेत्रमा खटेर काम गरिरहेका पत्रकारको तत्काल पिसिआर परीक्षणको व्यवस्था मिलाइदिनुहुन अनुरोध छ ।”

समयमा नै परीक्षण भएमा सङ्क्रमण देखिहाले ती व्यक्तिबाट धेरै फैलन नपाउने र निर्धक्कसँग काम गर्ने वातावरण सिर्जना हुने ज्ञापनपत्रमा उल्लेख छ ।

जिल्लाका पत्रकारलाई संस्थाले दिएको परिचयपत्रका आधारमा हिँडडुल गर्न पाउने गरी सुरक्षा निकायमा आवश्यक निर्देशन दिन र पत्रकारको सुरक्षाको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले युनियनको मागप्रति सकारात्मक हुँदै छिट्टै कार्यक्षेत्रमा खटिएका पत्रकारको पीसीआर परीक्षण गरिने बताए । उनले आफू पनि सुरक्षित भएर काम गर्न सबै पत्रकारलाई सन्देश प्रवाह गरीदिन आग्रह गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : १४ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा