नेकपामा भीम रावल र विष्णु रिमालबीच विवाद | Khabarhub Khabarhub

नेकपामा भीम रावल र विष्णु रिमालबीच विवाद


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका दुई नेताबीचको विवाद छताछुल्ल भएको छ । आज नेकपा स्थायी कमिटीको बैठक स्थगित हुनुमा भीम रावल कहाँ खटाइएका सशस्त्र प्रहरी जवानलाई कोरोना भाइरसको पुष्टि हुनु रहेको भन्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बोलेपछि विवाद बाहिर आएको हो ।

उज्यालो रेडियो नेटवर्कसँगको कुराकानीमा रिमालले स्थायी कमिटी बैठक स्थगित हुनुको कारण रावल कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको कारण भनेका थिए ।

लगत्तै रावलले ट्वटी गर्दै यस्तै मती र बुद्धिले समस्या बढेको टिप्पणी गरेका छन् । रावल र रिमालबीच लामो समययता विवाद छ । तर, यो बाहिर आएको थिएन ।

यसअघि रावलले ट्वीट गर्दै सबै स्थायी कमिटी सदस्यहरुको पीसीआर परीक्षण नभएकाले बैठक स्थगित गरियो भन्नु षड्यन्त्रकारी राजनीति हो भनी उल्लेख गरेका थिए ।

यसअघि आज (बुधबार) बिहान बस्ने तय भएको नेकपा स्थायी कमिटी बैठक स्थगित भएको थियो । स्थायी कमिटी सदस्य मणि थापाका अनुसार सबै स्थायी समिति सदस्यहरुको कोरोना टेष्ट गरेपछि मात्र बैठक राकिनेछ । अर्का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले केही स्थायी कमिटी सदस्यको कोरोना टेष्ट हुन बाँकी रहेकाले पनि बैठक स्थगित भएको बताएका थिए ।

त्यस्तै स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठकमा जाने तयारी गर्दै लुगा लगाउन थालेपछि स्थगितको सूचना आएको बताएका थिए।

स्थायी कमिटी सदस्य भीम रावलका सुरक्षागार्डलाई कोरोना भाइरसको संक्रमणभएलगत्तै बैठक स्थगितको मुख्य कारण देखाइएको छ ।

भक्तपुर दुवाकोटमा अस्थायी रुपमा बस्दै आएका २७ वर्षीय सशस्त्र प्रहरी जवानको हिजो कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी रावलका सुरक्षामा खटिएको टोलीमा रहेको खुलेको थियो । तर, रावलले उनी एक महिनायता बिरामी भएर बिदामा बसेको बताएका छन् ।

उनले ड्युटीमा आउने जानकारी गराएपछि रावलले कोरोना परीक्षण गराउन भनेपछि त्यसको रिपोर्ट पोजेटिभ त्यखिएको बताए ।

आफूले संसदको बजेट अधिवेशन अघि नै कोरोना परीक्षण गर्दा नेगेटिभ आएको पनि रावलले बताएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : ५४ बजे

खोलामा डुबेर ७० वर्षीय वृद्धको मृत्यु

सिराहा– मिर्चैया नगरपालिका-९ घुर्मी टोल बस्ने ७० वर्षीय राम बहादुर पुलामीको

गृहमन्त्रीको राजीनामा माग्दै ‘निलो रिबन’ लगाएर रास्वपाका सांसद संसदमा (तस्बिरहरू)

काठमाडौं– भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री रमेश लेखकको राजीनामा

दुई बुँदे सहमति भएको एक साता नबित्दै प्रचण्डविरुद्ध खनिँदै एमाले

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका युवा नेताहरू भिजिट भिसा

नेपाल हिन्दू राष्ट्र नहुनुमा भारतीय कांग्रेसको अहङ्कारी र वंशवादी नीति जिम्मेवार : भाजपा सांसद दुबे

काठमाडौं- भारतीय जनता पार्टी भाजपाका सांसद डा. निशिकान्त दुबेले नेपालको

म्याक्रोंले गलत बोले, म जी–७ बाट फर्किनु र इजरायल-इरान युद्धविरामबीच कुनै सम्बन्ध छैन : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडामा भएको जी–७ शिखर