मोनालीको ३ बर्षअघि नै यसरी भएको थियो गोप्य विवाह « Khabarhub

मोनालीको ३ बर्षअघि नै यसरी भएको थियो गोप्य विवाह


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी चर्चित गायिका मोनाली ठाकुरलाई ब्युटि विथ भ्वाइस समेत भनिन्छ । सवाँर लू, तूने मारी एन्ट्रिया, मोह मोहके धागे लगायतका कैयौं बलिउडका चर्चित गीतमा उनले आवाज दिइसकेकी छिन् । यी कोकिलकण्ठि गायिका स्वर जतिकै सुन्दर छिन् ।

उनको सुन्दरतामा लाखौ फ्यानहरु मन्त्र मुग्ध छन् । कतिले त उनीसँग विवाहको सपना समेत देखेका छन् । तर उनीसँग प्रेम वा विवाहको सपना देख्नेहरुको भने मोनालीले चित्त दुखाएकि छिन् ।

लामो समय मिडियाबाट टाढा रहेकी मोनाली ठाकुरले शुक्रबार आफ्नो विवाह भइसकेको जानकारी दिइन । उनले ब्वाईफ्रेण्ड माइक रिचरसँग तीन वर्ष अघि विवाह भएको बताइन ।

मोनालीका अनुसार यो विवाह गुप्त तरिकाबाट भएको थियो । यसबारे उनका नजिकका साथीलाई पनि थाहा छैन ।

सन् २०१६ मा आइफा अवार्डका लागी स्विजरलैण्ड जादाँ माइकसँग भेट भएको त्यस पश्चात प्रेममा परेको मोनाली बताइन ।

क्रिसमसको अवसरमा माइकले प्रपोज स्विकारेकी मोनालीले मुम्बईमा विाह भएको बताएकी छिन् । माइक स्विजरलैण्डमा आफ्नो बिजनेस रहेको छ ।

भारतको रियालीटि शो इण्डियन आइडलबाट करियरको शुरुआत गरेकी मोनाली ठाकुर राइजिंग स्टार शोको निर्णायक पनि बनेकी थिइन ।

हालसालै मोनाली ठाकुर र माइकको पहिलो म्युजिक भिडियो दिलका फितुर रिलिजभएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ११ : ४५ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको