कोरोनाको भ्याक्सिन विकासमा चीन सफलता नजिक, निर्णायक परीक्षण ब्राजिलमा गरिदै « Khabarhub

कोरोनाको भ्याक्सिन विकासमा चीन सफलता नजिक, निर्णायक परीक्षण ब्राजिलमा गरिदै


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा चीन सफलता नजिक पुगेको छ ।

चीनको बायोटेक कम्पनी सिनोभ्याकले तयार पारेको भ्याक्सिनको निर्णायक परीक्षण ब्राजिलमा हुने भएको छ । उक्त परीक्षण सफल भए भ्याक्सिनमा चीनले सफलता पाउनेछ ।

चीनको सिनोभ्याक कम्पनीले यसअघि चीनमै आफ्नो भ्याक्सिनको परीक्षण गरिसकेको छ । अन्तिम र निर्णायक परीक्षणको लागि उसलाई ठूलो संख्यामा संक्रमित बिरामीहरुको आवश्यकता परेपछि यसको परीक्षण ब्राजिलमा गर्न लागिएको हो ।

समाचार एजेन्सी एपीका अनुसार ब्राजिलको साओ पाउलो सरकारले त्यहाँका ९ हजार जनामा परीक्षणको लागि सिनोभ्याक बायोटेकले पर्याप्त मात्रामा प्रायोगिक भ्याक्सिन पठाउने घोषणा गरेको छ । परीक्षण अर्को महिना सुरु गरिनेछ ।

अमेरिकी बायोटेक कम्पनी मोडर्नाले पनि आफ्नो भ्याक्सिनको निर्णायक ट्रायल जुलाइमै गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ११ : ४८ बजे

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका