राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउँदैछ - प्रचण्ड | Khabarhub Khabarhub

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउँदैछ – प्रचण्ड


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन संविधान संसोधन गर्न लागेको भन्दै गर्व महशुश गरेको बताएका छन् ।

संसदमा दोस्रो संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रमको शुरुमै बोल्दै प्रचण्डले नेपालको संविधान संसोधनका लागि सबै दलको सहमति भएको भदै खुसी व्यक्त गरे । उनले लोकतन्त्र, संघीयतालाई मजबुत बनाउन सबै दल मिल्नुको विकल्प नभएको उनले बताए ।

प्रचण्डले भने, ‘कसैले जश लिने र अपजश लिने भन्दा पनि नेपाली जनताले गर्दै आएको केन्द्रिकरणको रुपमा देशको गमेको भूभाग फिर्ता लिन नयाँ चरणमा आइपुगेका हौं । यति गम्भिर राष्ट्रिय विषयलाई सर्वदलीय सहमति बनाउँदै अहिले सरकारले संविधान संसोधनद्वारा संविधानमा रहेको नक्सा सच्याउने पहलकदमीलाइए धन्यवाद भन्न चाहन्छु ।’

उनले सबै राजनीतिक दल, नेपाली जनतालाई पनि बधाई दिएका छन् । उनले भने, ‘सामूहिक विवेकको प्रतिफल हो । यो कुनै व्यक्ति विषेको मुद्धामा मात्रै पनि होइन । यो कुनै व्यक्ति विषेशले मात्रै गरेर हुने काम पनि होइन ।’

प्रचण्डले भने, ‘नक्सा प्रकाशित गर्नुभन्दा अघि नै वार्तामार्फत् समस्याको समाधान हुन्छ भन्ने विश्वासमा थिए । तर वार्ता हुन सकेन । बरु भारतका जिम्मेवार मन्त्रीबाट विवादति क्षेत्रबाट जाने बाटो लकडाउनका बेला उद्घाटन भयो । नेपालले गरेको वार्ताको प्रस्तावमा सकारात्मक पहल गर्नुको साटो बाटे उद्घाटन गर्दा नेपालीको भावनालाई अलिअलि चुनौती दिएकोजस्तो अलिअलि उद्देलित बनाएको हो । ‘

नक्सा प्रकासित गरेर र बाटो उद्घाटन गरेर हामी नेपालीलाई एकतावद्ध हुन नकारात्मक रुपले जुन चुनौती दियो भन्दै प्रचण्डले भने, ‘त्यसका लागि भारतलाई धन्यवाद । हामी त अलि अर्कै तरिकाले समस्याको समाधान होस भन्ने चाहेका छौं । हामी फेरि भचारतसँग कुनै खालको दुश्मनी चाहेका छैनौं । शान्तिपुर्ण, कुटनीतिक र राजनीतिक तरिकाले वार्ता गरेर समस्याको समाधान गर्न चाहन्छौं ।’

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १ : ४९ बजे

बालेनलाई दुर्गाले भने : सुकुम्बासी हटाउने भए स्थायी बसोबासको व्यवस्था गरिदिनू

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय,

संविधान र लोकतन्त्रलाई उन्नत बनाउन प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउनुपर्छ : राष्ट्रपति 

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ

मोरङको रंगेलीमा देखियो हाइनाको बथान

काठमाडौं- मोरङको रंगेलीमा हाइनाको एउटा बथान देखिएको छ । हाइनाको

सडकको कालोपत्र र ढलान सुरु

गलकोट– बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढलान