कर्णाली प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी ७० जनामा नयाँ संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९१६ पुगेको छ ।

आज दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भए संगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ । हालसम्म कोभिड-१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ ।

आज नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना मध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना र दैलेखका ३० जना मध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन् ।

सबै ७० जनाको पुष्टि प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको हो ।

त्यसै आज भेरी अस्पतालको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमार्फत विवरण सार्वजनिक गर्दै थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका १९ जना, रोल्पाका १७ जना र बर्दियाका ६ जना छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  २ : १७ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु