नयाँ नक्साले कुनै देशसँग सम्बन्ध बिगार्दैन- महासचिव पौडेल | Khabarhub Khabarhub

नयाँ नक्साले कुनै देशसँग सम्बन्ध बिगार्दैन- महासचिव पौडेल


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका महासचिव तथा सांसद विष्णु पौडेलले नेपालले जारी गरेको नयाँ नक्साका कारण कुनै पनि मुलुकसँग सम्बन्ध बिगार्न नखोजेको बताएका छन् ।

प्रतिनिसधिसभामा जारी संविधान सशोधन विधेयकमाथिको दफवार छलफलका क्रममा महासचिव पौडलले भने,‘भारतसँगको सम्बन्ध बिग्रनेछ भनेर टिप्पणी गरेको सुनिएको छ । यो निर्णय नेपालको पक्षमा छ, कसैको विपक्षमा छैन । नेपालको पक्षमा नेपाल उभिँदा छिमेकीहरुसँगको सम्बन्ध बिग्रने भनेर लघुताभाषमा जानु हुँदैन ।’

नेपालका दुबै छिमेकीसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन नेपालले चाहेको भन्दै उनले भने,‘छिमेकीसँगको असल सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन चाहन्छौं । नेपाल कहिल्यै पनि पराधिन रहेन । कुनै कालखण्डमा हाम्रो भूमि अतिक्रमित हुनपुग्यो, त्यो अहिले हामी फिर्ता ल्याउन खोजिरहेका छौं ।’

महाकाली सन्धिमा प्रयोग गरिएका केही पदावलीको गलत व्याख्या गरिएको पनि उनले बताए ।

‘महाकाली सन्धिका बेलामा महाकाली नदीका अधिकांश भाग सीमा नदी भनेर जुन पदावली प्रयोग भएको छ । यसको अर्थ महाकाली नदीपश्चित भारतको भूभाग छ भन्ने मात्र होइन, महाकाली नदीपश्चिममा पनि नेपाली भूभाग छ भन्ने हो ।

महाकाली नदीपश्चिममा रहेका दोधारा र चाँदनी छन् । त्यसैले यसलाई त्यो सन्धिमा प्रयोग गरिएको पदावलीलाई अन्यथा बुझ्नु हुँदैन ।’

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा हामीले हाम्रो हक स्थापित गर्छाैँ भनेर कदम चाल्दै थियौँ । यहीबीचमा अनेका आशंका पनि गरियो ।’ उनले भने, ‘आशकाको जवाफ व्यवहारबाट दिने हिसाबले अतिक्रमित भुमीमा नेपालको हक स्थापित गर्ने हिसाबले अग्रसर भयौँ । यो निर्णय कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको अतिक्रमित भुमिका नेपालको हक स्थापित गर्ने काम गर्दैछौँ ।’

उनले यो निर्णय कसैको बिरुद्धको निर्णय नभएको प्रष्ट पारे ।

‘नेपालको यो निर्णयले भारतसँगको सम्बन्ध बिग्रने छ भन्ने कोणबाट टिप्पणी गरेको सुन्छु ।’, उनले भने ‘यो कसैको बिरुद्धमा हैन, नेपालको पक्षमा छ । हाम्रो भूमिमा हाम्रो अधिकार स्थापित गरेर जाँदा दुई छिमेकी देशसँग सम्बन्ध राम्रो हुन्छ ।  छिमेकीसँग असल सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन यो कदम चाल्दैछौँ ।’

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ३ : ४८ बजे

रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

सुर्खेत – रुकुम पश्चिमको कुख्यात सोती घटनामा उच्च अदालत सुर्खेतले

ट्रम्पको कर योजनाले अमेरिकी उपभोक्ताको हालत जर्जर

एजेन्सी – कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको

निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा ‘जारी’को झल्को किन ?

काठमाडौं – नायक विपीन कार्की र मिरुना मगर केन्द्रीय भूमिकामा

झुट्टा अध्यापन अनुमतिपत्र पेस गरेको आरोपमा शिक्षकमाथि मुद्दा

गोलबजार– धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा