‘महाकाली सन्धिमा किन राष्ट्रघात भयो जवाफ देऊ’ « Khabarhub

‘महाकाली सन्धिमा किन राष्ट्रघात भयो जवाफ देऊ’


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेताहरूले महकाली सन्धि हुँदा महाकाली नदीको मुहान किन खोजिएन भन्ने प्रश्नको जवाफ मागेका छन् । उनीहरूले महाकाली सन्धिलाई राष्ट्रघात भन्दै उक्त सन्धि गर्नेहरूले माफी माग्नु पर्ने माग पनि गरेका छन् ।

शनिबार जारी प्रतिनिधिसभा बैठकमा जसपाका नेता राजेन्द्र महतोले महाकाली सन्धिलाई राष्ट्रघातको संज्ञा दिँदै यसबारे जवाफ मागेका हुन् । उनले नेपालको नक्साबाट लिम्पियाधुरासम्मको जमिन कसले गायब गरेको हो त्यसको पनि जवाफ मागेका छन् ।

उनले तत्कालीन नेकपा एमाले फुटाएर राष्ट्रघाती महाकाली सन्धि गरेको भन्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरे ।

दुई दशकअघि भारतसँग महाकाली सन्धि हुँदा तत्कालिन नेकपा एमालेका नेता तथा हालका प्रधानमन्त्री ओली र महासचिव माधव नेपाल लगायतका नेताहरू सन्धिका पक्षमा थिए । अर्का नेता वामदेव गौतम, राधाकृष्ण मैनाली लगायतका नेताहरू सन्धिका विपक्षमा थिए ।

महाकाली सन्धिकै विषयमा नेकपा एमाले फुटेको थियो । गौतमको नेतृत्वमा नेकपा माले गठन भएको थियो । चार वर्षपछि दुवै पार्टी एक भएका थिए ।

महतोले मधेशी जनताको राष्ट्रवादमाथि प्रश्न उठाउने गरेको भन्दै चर्को असन्तुष्टि जनाए । उनले मधेशको भूमि मधेशी जनताले रक्षा गरेको तर मधेशीलाई नै भारतीय भनेर अपमान गर्ने गरेको बताए ।

उनले नक्साले मात्रै गुमेको भूमि नआउने भएकाले अविलम्ब भारतसँग वार्ता गर्न प्रधानमन्त्री ओलीलाई सुझाब दिए । उनले संसदमा उल्टोपाल्टो बोलेर वातावरण नबिगार्न पनि प्रधानमन्त्रीलाई सुझाब दिए ।

महतोले नक्सा सच्याएर निशान छाप संशोधन गर्न पेश भएको संविधान संशोधन विधेयकको स्वागत गरे । यससँगै उनले संविधान जारी हुँदादेखि नै रहेका असहमतिमा संशोधन गर्न सरकार इच्छा नदेखाएको भन्दै असन्तोष प्रकट गरे ।

उनले निशान छाप संशोधनसँगै अन्य विषयमा पनि संशोधन प्रस्ताव ल्याउन आफूहरुले गरेको आग्रह सरकारले नमानेको भन्दै आफूहरुले गैरसरकारी विधेयक ल्याउनु परेको बताए ।

महतोले राष्ट्रियता कुनै एक समुदायको नभई सबैको साझा हुने बताए । उनले मधेशी जनताको राष्ट्रिय भावनामाथि प्रश्न नउठाउन चेतावनी दिए ।

महतोले सात मिनेट समय पाएकोमा दोब्बरभन्दा बढी समय लिएका थिए । सभामुखले समय सकिएकोमा सचेत गराउन खोज्दा पनि उनले समय तोकिने गरी बोल्न प्रधानमन्त्री नै हुनुपर्ने भन्दै कटाक्ष पनि गरे । उनले आफ्नो पार्टीले प्रधानमन्त्री पनि बनाएर देखाउने बताए ।

महतोपछि बोलेका अर्का नेता उपेन्द्र यादवले पनि महतोको विचार विस्तार गर्दै महाकाली सन्धिमा भएको राष्ट्रघातका विषयमा जवाफ मागे ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ३ : ५१ बजे

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले