‘महाकाली सन्धिमा किन राष्ट्रघात भयो जवाफ देऊ’ « Khabarhub

‘महाकाली सन्धिमा किन राष्ट्रघात भयो जवाफ देऊ’


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेताहरूले महकाली सन्धि हुँदा महाकाली नदीको मुहान किन खोजिएन भन्ने प्रश्नको जवाफ मागेका छन् । उनीहरूले महाकाली सन्धिलाई राष्ट्रघात भन्दै उक्त सन्धि गर्नेहरूले माफी माग्नु पर्ने माग पनि गरेका छन् ।

शनिबार जारी प्रतिनिधिसभा बैठकमा जसपाका नेता राजेन्द्र महतोले महाकाली सन्धिलाई राष्ट्रघातको संज्ञा दिँदै यसबारे जवाफ मागेका हुन् । उनले नेपालको नक्साबाट लिम्पियाधुरासम्मको जमिन कसले गायब गरेको हो त्यसको पनि जवाफ मागेका छन् ।

उनले तत्कालीन नेकपा एमाले फुटाएर राष्ट्रघाती महाकाली सन्धि गरेको भन्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरे ।

दुई दशकअघि भारतसँग महाकाली सन्धि हुँदा तत्कालिन नेकपा एमालेका नेता तथा हालका प्रधानमन्त्री ओली र महासचिव माधव नेपाल लगायतका नेताहरू सन्धिका पक्षमा थिए । अर्का नेता वामदेव गौतम, राधाकृष्ण मैनाली लगायतका नेताहरू सन्धिका विपक्षमा थिए ।

महाकाली सन्धिकै विषयमा नेकपा एमाले फुटेको थियो । गौतमको नेतृत्वमा नेकपा माले गठन भएको थियो । चार वर्षपछि दुवै पार्टी एक भएका थिए ।

महतोले मधेशी जनताको राष्ट्रवादमाथि प्रश्न उठाउने गरेको भन्दै चर्को असन्तुष्टि जनाए । उनले मधेशको भूमि मधेशी जनताले रक्षा गरेको तर मधेशीलाई नै भारतीय भनेर अपमान गर्ने गरेको बताए ।

उनले नक्साले मात्रै गुमेको भूमि नआउने भएकाले अविलम्ब भारतसँग वार्ता गर्न प्रधानमन्त्री ओलीलाई सुझाब दिए । उनले संसदमा उल्टोपाल्टो बोलेर वातावरण नबिगार्न पनि प्रधानमन्त्रीलाई सुझाब दिए ।

महतोले नक्सा सच्याएर निशान छाप संशोधन गर्न पेश भएको संविधान संशोधन विधेयकको स्वागत गरे । यससँगै उनले संविधान जारी हुँदादेखि नै रहेका असहमतिमा संशोधन गर्न सरकार इच्छा नदेखाएको भन्दै असन्तोष प्रकट गरे ।

उनले निशान छाप संशोधनसँगै अन्य विषयमा पनि संशोधन प्रस्ताव ल्याउन आफूहरुले गरेको आग्रह सरकारले नमानेको भन्दै आफूहरुले गैरसरकारी विधेयक ल्याउनु परेको बताए ।

महतोले राष्ट्रियता कुनै एक समुदायको नभई सबैको साझा हुने बताए । उनले मधेशी जनताको राष्ट्रिय भावनामाथि प्रश्न नउठाउन चेतावनी दिए ।

महतोले सात मिनेट समय पाएकोमा दोब्बरभन्दा बढी समय लिएका थिए । सभामुखले समय सकिएकोमा सचेत गराउन खोज्दा पनि उनले समय तोकिने गरी बोल्न प्रधानमन्त्री नै हुनुपर्ने भन्दै कटाक्ष पनि गरे । उनले आफ्नो पार्टीले प्रधानमन्त्री पनि बनाएर देखाउने बताए ।

महतोपछि बोलेका अर्का नेता उपेन्द्र यादवले पनि महतोको विचार विस्तार गर्दै महाकाली सन्धिमा भएको राष्ट्रघातका विषयमा जवाफ मागे ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ३ : ५१ बजे

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद