कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गरौँ- नेता रावल « Khabarhub

कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गरौँ- नेता रावल


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा सांसद भिम रावलले कुटनीतिक कुशलताका आधारमा कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् ।

संसदमा संविधान संसोधन विधेयकमाथिको छलफलका क्रममा सरकारले कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न काम गर्ने समेत बताए । उनले सरकारलाई सबैले सहयोग गर्नेभन्दै सरकार अब मातृभूमि रक्षाका लागि काम गर्नुपर्ने समेत बताए ।

सबै सीमानालाई सुरक्षा गर्न समेत सरकारले पहल गर्नुपर्ने भन्दै उनले भने,‘भौगोलिक अखण्डताका लागि हामी एकमत भएका छौं । यस्तो बेलामा भारतसँग सम्बन्ध सुमधुर हुनुपर्छ । हाम्रो आत्मनिर्णयको अधिकारको सम्मान हाम्रा छिमेकीले पनि गर्नुपर्छ । र गर्छ भन्ने हामीले विश्वास लिएको छु ।’ कोरोनाका कारण सिमा सुरक्षालाई महत्व दिएको भन्दै उनले अन्तर्राष्ट्रिय कानूनबाट नेपाल भारत सीमाना नियमन गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ३ : ५७ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी