नेपालको राष्ट्रिय स्वाभिमानको समेत ख्याल गर्न भारतलाई आग्रह गर्छु – महामन्त्री कोइराला « Khabarhub

नेपालको राष्ट्रिय स्वाभिमानको समेत ख्याल गर्न भारतलाई आग्रह गर्छु – महामन्त्री कोइराला


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद डाक्टर शशांक कोइरालाले नेपालको भूमि जारी गर्नु नेपालको राष्ट्रियताको पक्ष रहेको भन्दै त्यसका कारण सम्बन्ध बिग्रन दिन नहुने बताएका छन् ।

संसदमा जारी संविधान संसोधन विधेयकको दफावार छलफलमा भाग लिदै सांसद कोइरालाले नेपाल भारत सम्बन्ध सामाजिक राजनीतिक स्तरमा रहेको बताए । उनले नक्सा जारी गरेकै कारण सम्बन्ध विगार्न नहुने भन्दै भने,‘नक्सा जारी भइसकेपछि सामाजिक राजनीतिक सम्बन्धलाई बिगार्न हुँदैन ।’

नेपालको स्वाभमिानलाई ख्याल गर्न भारतलाई आग्रह गर्दै उनले भने,‘नेपाल भारतबीच नक्साकै कारण सम्बन्ध बिग्रने हुँदैन, नेपालको राष्ट्रिय स्वाभिमानको समेत ख्याल गर्न आग्रह गर्छु ।’

वर्तमान सरकारले कालापानीसहितको नक्सा जारी गरेको संसोधन विधेयकलाई कांग्रेसले समर्थन गर्नेभन्दै उनले भने,‘नेपाली कांग्रेस सधै राष्ट्रियताका पक्षमा रहेको भन्दै उनले भविष्यमा पनि राष्ट्रियताका पक्षमा उभिन्छ ।’

नेपाल र भारतका बिचमा खुला सीमाना रहेको र चीनसँग पनि महत्वपुर्ण सम्बन्ध रहेको भन्दै उनले भारत र चीनको विकासबाट फाइदा लिनसक्नुपर्ने समेत बताए । दुबै छिमेकीसँग समानताका आधारमा सम्बन्ध विकास गर्नुपर्ने भन्दै उनले भारतसँग रहेको सामाजिक राजनीतिक सम्बन्धलाई बिगार्न नहुने बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ४ : ०० बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक