सरकार विरोधी प्रदर्शनलाई लिएर मनिषाले लेखिन्- यो उचित समय होइन  « Khabarhub

सरकार विरोधी प्रदर्शनलाई लिएर मनिषाले लेखिन्- यो उचित समय होइन 


३१ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले सरकारविरुद्ध भइरहेको प्रदर्शनलाई लिएर आजको दिन प्रदर्शन गर्न उचित समय नभएको जनाएकी छिन् ।

उनले कम्तिमा आजको दिन सरकारलाई सडकबाट दवाव दिनु (प्रदर्शन गर्नु) उचित नभएको जनाएकी हुन् ।

संघीय संसदमा आज (शनिबार) देशको नयाँ नक्सालाई आधिकारिकता दिने गरी संविधान संशोधन गर्ने महत्वपूर्ण काम भएका बेला युवाहरुले आन्दोलन गर्न नुहेने बताएकी हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा मनिषाले लेखेकी छन्, ‘टाइमिङमा निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । सरकारले अहिले यति ठूलो कदम चाल्न गइरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ?’

यसअघि मन्त्रिपरिषदले लिपुलेक, लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा पारित गर्दा मनिषाले त्यसको समर्थनमा ट्वीट गरेकी थिइन् ।

उक्त ट्वीटलाई लिएर भारतीय मिडियाहरु मनिषामाथि निकै खनिएका थिए ।

एक साताअघि मनिषा परिवारसहित भारतबाट नेपाल आएकी मनिषा एक होटेलको क्वारेन्टाइनमा बसिरहेकी छन् ।

उनले कोरोना भाइरसको संक्रमण फैलिने खतराकाबीच आन्दोलन तथा भीडभाड गर्न नहुनेतर्फ पनि सचेत गराएकी छिन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ७ : ३१ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो