हामीले एउटा ‘कोर्स’ पूरा गर्‍यौं, अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली « Khabarhub

हामीले एउटा ‘कोर्स’ पूरा गर्‍यौं, अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा संसदबाट पारित भएसँगै अब चाँडै भारतसँग वार्ता हुने बताएका छन् ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेशका लागि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित  भएसँगै एउटा ‘कोर्स’ पूरा गरेको बताएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विकेयक पास भएपछि बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भारतसँग वार्ता अगाडि बढाइने बताएका हुन् ।

“नयाँ नक्सा संसदबाट पारित भएसँगै हामीले एउटा कोर्स पूरा गरेका छौं, अब भारतसँग वार्ता हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो, विपक्षमा कोही छैनन् ।”

सिंगो देश एकजुट भएको बताउँदै उनले संविधान संशोधनमा अभूतपूर्व एकता देखिनु नेपाल र नेपालीका लागि खुसीको कुरो भएको बताएका छन् ।

प्रतिनिधिसभामा आज भएको मतदानमा संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दिनँ भन्नेमा पनि कुनै मत परेको थिएन ।

संसदमा उपस्थित सबै जनाले मतदान गरेसँगै विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ७ : ५७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५