हामीले एउटा ‘कोर्स’ पूरा गर्‍यौं, अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली « Khabarhub

हामीले एउटा ‘कोर्स’ पूरा गर्‍यौं, अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली


३१ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा संसदबाट पारित भएसँगै अब चाँडै भारतसँग वार्ता हुने बताएका छन् ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेशका लागि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित  भएसँगै एउटा ‘कोर्स’ पूरा गरेको बताएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विकेयक पास भएपछि बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भारतसँग वार्ता अगाडि बढाइने बताएका हुन् ।

“नयाँ नक्सा संसदबाट पारित भएसँगै हामीले एउटा कोर्स पूरा गरेका छौं, अब भारतसँग वार्ता हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो, विपक्षमा कोही छैनन् ।”

सिंगो देश एकजुट भएको बताउँदै उनले संविधान संशोधनमा अभूतपूर्व एकता देखिनु नेपाल र नेपालीका लागि खुसीको कुरो भएको बताएका छन् ।

प्रतिनिधिसभामा आज भएको मतदानमा संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दिनँ भन्नेमा पनि कुनै मत परेको थिएन ।

संसदमा उपस्थित सबै जनाले मतदान गरेसँगै विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ७ : ५७ बजे

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि