दैलेखका २२ जना संक्रमित निको भएर घर फर्किए  « Khabarhub

दैलेखका २२ जना संक्रमित निको भएर घर फर्किए 


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखमा एकैपटक २२ जनाले कोरोना जितेका छन् । सदरमुकामस्थित सरस्वती माध्यामिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना जितेसँगै घर फर्किएका हुन् । उनीहरुको दोस्रोपटक गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । कोरोना जित्नेमा जिल्लाको नारायण नगरपालिकाका २० महिने बालक पनि रहेका छन् । योसँगै दैलेखमा कोरोना जित्नेको सङ्ख्या २६ पुगेको छ । कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन् ।

रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ स्थानीय स्रोत व्यक्ति थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नं २ का २१ र ४१ वर्षीय पुरुष, वडा नं ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नं ४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् ।

रेग्मीका अनुसार वडा नं ६ का २७ वर्षीय पुरुष, वडा नं ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नं ९ का २० र ५० वर्षीय पुरुषले कोरोना जितेका हुन् । त्यसैगरी वडा नं १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नं ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको स्थानीय स्रोत व्यक्ति रेग्मीले बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १० : ११ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।