धेरै चर्चा कमाएका ५ विशेष विवाह « Khabarhub

धेरै चर्चा कमाएका ५ विशेष विवाह


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक विवाहमा बेहुला बेहुलीपछि तिनका जन्ती महत्वपुर्ण मानिन्छन् ।

विवाहमा आएका पाहुना र निम्तालुलाई जन्ती बनाई विवाहमा लाने चलन छ । यस्तोमा केहि विशेष ब्यक्तिको उपस्थिति विवाहमा भइदिए सो विवाह नै विशेष रहन्छ ।

अझ कसैको विवाहमा देवताहरु नै आए भने यो कति सौभाग्यको कुरा होला । शास्त्रमा यस्ता ५ विवाहरु छन् जहाँ देवताहरु हेर्न आएका थिए

१. शिव पार्वतीको विवाह

प्राय हरेक पुराणमा शिव पार्वतीको विवाहको चर्चा हुने गर्दछ । हुनत महादेवले सतीसँग पहिलो विवाह गरेका थिए । सतीका पिता दक्षप्रजापतिलाई विष्णुले छलमा राखि यस विवाह भएको थियो ।

पछि दक्ष प्रजापतिले महादेवको अपमान गरेका कारण सतीले यज्ञमा हाम फालेर आत्मदाह गरेकी थिइन् । महादेव सती वियोगमा तपस्यमा लिन भए । यता सती हिमालय पुत्रीका रुपमा जन्म लिन पुगिन् ।

महादेव तपस्यामा लिन भएपछि तारकासुरको आतंक मच्चियो । जसको वध गर्ने शक्ति केवल महादेव पुत्रमा हुने वरदान थियो । तसर्थ देवताहरुले शिवको विवाह पार्वतीसँग गर्न कामदेवको सहाराबाट शिवलाई ब्युझाए ।

त्यसको केहि समयपछि तिनै महादेव रुप शिव र पार्वतीको विवाह भयो । सोहि विवाहमा सम्पुर्ण देवताहरु उपस्थित भएको प्रसंग छ ।

२. राम सीताको विवाह

श्रीराम र सीताको विवाहलाई शिव पार्वतीको विवाहपछिको सबैभन्दा प्रसिद्ध विवाह भनिन्छ । यस विवाहमा त्रिदेव सहित सबै देवताहरुको उपस्थिति थियो ।

राम सीताको विवाह हेर्न त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेश्वर ब्राम्हण रुपमा आएका थिए । सीताका पिता राजा जनकले शिव धनुष तोड्नेसंग आफ्नो पुत्रीसंग विवाह गरिदिने शर्त राखेका थिए ।

जसअनुसार रामले धनुष तोडे र सीतासंग विवाह भयो । रामायण यस विवाहको सम्पुर्ण कुरा उल्लेख गरीएको छ । यहि विवाहमा सम्पुर्ण देवताहरु उपस्थित भई आर्शिवाद दिएको उल्लेख छ ।

३. विष्णु लक्ष्मी विवाह

राजा दक्षका भाई भृगु ऋषिकी पुत्री नै माता लक्ष्मी हुन् । उनको माताको नाम ख्याती हो । एक पटक देवी लक्ष्मीको स्वयम्वर आयोजना भयो । त्यसबेला देवी लक्ष्मीको मनमा विष्णु प्रति प्रेम थियो ।

यता बिष्णु परम् भक्त नारदमुनि पनि लक्ष्मीसँग विवाह गर्न चाहन्थे । जसका लागी नारदले बिष्णुसंग सुन्दर देखिन हरी रुप मागे । नारद हरि रुप लिएर स्वयंवरमा पुगे पनि देवी लक्ष्मीले विष्णुको गलामा बरमाला लगाइदिइन् ।

यहि वियोगमा नारद त्यहाँबाट निराश भएर फर्किए र बाटोमा जलाशयमा आफ्नो अनुहार हेरे । जहाँ उनको रुप श्रीबिष्णुको नभइ बाँदरको थियो । बिष्णुले नारदको चाह अनुसार हरी रुप दिए । हरिको एक अर्थ बिष्णु हुन्छ भने अर्काे बादँर हुन्छ । तब नारद बैकुण्ठ गई विष्णुलाई क्रोधित भई मनुष्यको रुपमा जन्म लिएर पृथ्वीमा जाने र स्त्रीको वियोग सहने श्राप दिए ।

त्यसैले बिष्णु र लक्ष्मीले राम र सिताको रुपमा जन्म लिई वियोग सहनु पर्याे । बिष्णु र लक्ष्मीको सोहि विवाहमा सम्पुर्ण देवताहरु उपस्थित भएका थिए ।

४. कृष्ण र रुक्मिणीको विवाह

कृष्ण र रुक्मिणीको विवाहमा समेत सम्पुर्ण देवताहरु उपस्थित भएको उल्लेख छ । श्रीमद्भागवत गीतामा कृष्ण रुक्मिणीको विवाह प्रसंग उल्लेख छ । भगवान श्रीकृष्णले सबैभन्दा पहिला रुक्मिणीसँग विवाह गरेका थिए ।

भागवत कथाको वाचनमा यी दुईको विवाहलाई सप्रसंग ब्याख्या गरिन्छ । कृष्ण र रुक्मिणीको विवाह प्रसँग भागवत पुराणमा शुकदेव र राजा परिक्षितबीचको संवादमा उल्लेख छ ।

५. गणेशजीको विवाह

महादेव पुत्र गणेशजीको विवाहमा समेत सम्पुर्ण देवताहरु उपस्थित भएको उल्लेख छ । ऋद्धि र सिद्धी नामक प्रजापति विश्वकर्माकी दुई छोरीसँग गणेशको विवाह भएको थियो ।

गणेशको सिद्धितर्फबाट क्षेम र ऋद्धिको तर्फबाट लाभ नामका दुई पुत्रको जन्म भएको थियो । हिन्दु धर्ममा यिनै दुई बालकलाई शुभलाभ मानिन्छ । गणेश ऋद्धि सिद्धीको विवाह हेर्न सम्पुर्ण देवताहरु उपस्थित भएको पुराणमा उल्लेख छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ५५ बजे

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको

प्रतिनिधिसभा बैठक : ३ विधेयक प्रस्तुत

काठमाडौं– सरकारले विभिन्न तीन वटा विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको