अनौठा ५ जीव « Khabarhub

अनौठा ५ जीव


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पृथ्वीमा कैयौं प्रकारका जीवजन्तुहरु छन् । मानिसका आसपास भएका केहि जीवजन्तु अनौठो नदेखिएपनि केहि जीव भने अनौठो र आश्चर्यजनक देखिन्छन् ।

अझ केहि जीवहरु त यति धेरै अनौठा छन् कि जसलाई देख्नेले यहि धर्तीको हो कि अन्य ग्रहबाट आएका हुन्, छुट्याउन पनि सक्दैनन् । आज हामी पृथ्वी मै रहेका केहि यस्तै जनावारका बारेमा चर्चा गर्दैछौ ।

१. सैगा एंटीलोप

सैगा एंटीलोप नामक यस जीव झट्ट हेर्दा कुनै हरिण झै देखिन्छ । तर यसको लामो बेढगंको नाकले यसलाई हरिणभन्दा खास र अनौठो बनाएको छ । सैगा एंटीलोप रूस र कजाकिस्तान जस्ता देशमा पाइन्छ ।

२. लैम्प्र
लैम्प्र नामक माछा आर्कटिक महासागरमा पाइन्छ । यो माछा झै देखिन्छ । देख्दै डरलाग्दो यस माछा आफ्नो तिखा दाँत, गोलाकार मुख र लामो जीब्रोका कारण अरुभन्दा अनौठो देखिन्छ ।

३. पिंक फेयरी आर्माडिलो
बहिरबाट झट्ट हेर्दा कुनै मुसा झै देखिने पिंक फेयरी आर्माडिलो नामक यस जीवको माथिल्लो भागमा एक अलग छाला झै सतह हुने गर्दछ । यसल जीव तिव्र रुपमा माटो खन्ने गर्दछ ।

४. स्टार नोज मोल
स्टार नोज मोल नामक यस जीवको मुखमा बनेको अनौठो नाक झण्डै तारा झै देखिन्छ । त्यसैले पनि यसको नाम स्टार नोज रहन गएको हो । यहि अनौठो नाकका कारण यो जीव अत्यन्त कम अक्सीजन भएको स्थानमा पनि जीवित रहन सक्छ ।

५. नेकेड मोल रैट
नेकेड मोल रैट नामक पूर्वी अफ्रीकामा पाउने एक प्रकारको मुसाको बाहिर आवरण निकै अनौठो हुन्छ । यो जीव बाहिरी छाला निकालिएको झै देखिने गर्दछ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १० : ०३ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ