प्रिमियर लिगमा टोटेनहमसँग आर्सनल पराजित « Khabarhub

प्रिमियर लिगमा टोटेनहमसँग आर्सनल पराजित


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमसँग  आर्सनल पराजित भएको छ ।

आइतबार राति नर्थ लण्डन डर्बीमा भएको खेलमा टोटेनहमले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जीत निकालेको हो । खेलको १६औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको १९औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ८१औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटेनहमलाई २-१ को जीत दिलाए ।

जीतसँगै टोटेनहम आठौं स्थानमा उक्लिएको छ भने आर्सनल नवौं स्थानमा झरेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ६ : २४ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ