प्रिमियर लिग : रेलिगेसन जोनको बोर्नमाउथसँग लेस्टर सिटीको लज्जास्पद हार « Khabarhub

प्रिमियर लिग : रेलिगेसन जोनको बोर्नमाउथसँग लेस्टर सिटीको लज्जास्पद हार


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा रहेको बोर्नमाउथले लेस्टर सिटीमाथि शानदार जीत हात पारेको छ ।

शुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको लेस्टरले बोर्नमाउथसँग ४–१ को लज्जास्पद हार बेहोरेको छ ।

भिटालिटी स्टेडियममा आइतबार राति भएको खेलमा बोर्नमाउथको जीतमा डोमिनिक सोलांकेले दुई तथा जुनियर स्टानिलासले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । लेस्टरका जेमी भार्डीले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २३औं मिनेटमा जेमी भार्डीको गोलबाट लेस्टरले खेलमा शुरुवाती अग्रता लिएको थियो ।

६६औं मिनेटमा जुनियर स्टानिलासले पेनाल्टीमार्फत गोल गर्दै खेलदलाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै एक मिनेटपछि नै डोमिनिकले गोल गर्दै बर्नमाउथलाई खेलमा २–१ को अग्रता दिलाए ।

त्यसलगत्तै नैसेन्टरब्याक काग्लर सायोन्कु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटियो ।

८३औं मिनेटमा जोनी इभान्सले आत्मघाती गोल गरेपछि लेस्टरको जीत निश्चित बनेको थियो । ८७औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै लेस्टरलाई ४–१ को नमिठो हार चखाए ।

जीतसँगै बोर्नमाउथ ३५ खेलबाट ३१ अंक जोडेर १८औं स्थानमा यथावत छ । बर्नमाउथ भने रेलिगेसन जोनमै छ ।

 

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ८ : ०९ बजे

बालेनका चुनावी कमाण्डर भन्छन्, ‘उहाँले मिडिया फेस नगर्नु रणनीति हो’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार शैली दक्षिण भारतीय सिनेमा

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

काठमाडौं– अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्म संस्कृतिको जगेर्ना गर्दै

अर्थसंक्षेप : गाई फार्ममा रमाउँदै धनकुटाका कमलबहादुर, गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक र नेप्से झिनो अंकले बढ्यो

धनकुटाको पारिछाप्राङका कमलबहादुरको नमूना गाई फार्म पछिल्लो समयमा नेपालमा स्वरोजगार

देउवाको बिदाइसँगै कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बी.पी.)

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवासँगको टसलका कारण जन्मिएको नेपाली कांग्रेस