साउन १ देखि साझा बस चलाउने तयारी « Khabarhub

साउन १ देखि साझा बस चलाउने तयारी



काठमाडौं- साढे ३ महिना लामो लकडाउनपछि साझा यातायात सहकारी संस्थाले साझा बस चलाउने भएको छ । आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकाभित्र बस चलाउने तयारी छ ।

हालै सरकारले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालन गरी सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार गत शुक्रबारदेखि नै सार्वजनिक यातायातका गाडी गुड्न सक्थे । व्यवसायीहरूले सरकारले आफ्ना माग सुनाइ नै नगरी एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन् ।

सरकारले काठमाडौं उपत्यकाभित्र तीनवटै जिल्लामा र उपत्यकाबाहिर एउटा जिल्लाभित्र मात्र चलाउन पाउने निर्णय गरेको थियो । व्यवसायीहरूले भने गाडी निकालेका छैनन् ।

सार्वजनिक यातायातमा निजी क्षेत्र मात्र छ ।

सरकारसमेत अंशियार रहेको साझा यातायातले भने उपत्यकाभित्र गाडी चलाउने निर्णय गरेको छ । साउन १ गतेदेखि उपत्यकाभित्र साझा यातायात सञ्चालन गर्ने तयारी भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधारले जानकारी दिए ।

‘सकेसम्म केही बसहरू १ गते सञ्चालन गर्ने तयारीमा छौँ,’ उनले खबरहबसँग भने, ‘त्यही दिन नचल्न पनि सक्छ तर चाँडै सञ्चालन हुन्छ ।’

साझा यातायातका केही बसहरू लकडाउनकै अवधिमा पनि प्रयोग भएका छन् । विदेशबाट हवाई उद्धार गरिएकाहरूलाई विमानस्थलबाट होल्डिङ सेन्टर पुर्‍याउन साझा बस प्रयोग गरिएका छन् ।

तुलाधरका अनुसार साढे ३ महिना थन्किएर बसेका गाडी मर्मत गर्नुपर्ने अवस्था छ । ‘पहिले गाडी मर्मत गर्नुपर्छ, लामो समयदेखि थन्किएर बसेका छन्,’ उनले भने, ‘चालक र सहचालक गाउँबाट फर्किएका छैनन्, उनीहरूलाई कसरी फर्काउने हो, त्यो पनि सोच्नुपर्नेछ ।’

अहिले साझा यातायातसँग कुल ७१ वटा बस छन् । यीमध्ये ६८ वटा काठमाडौं उपत्यकाभित्र र ४ वटा लामो दूरीमा चल्ने गरेका छन् ।

गाउँ गएका चालक र सहचालक फर्किन बाँकी रहेकाले तत्काल कतिवटा बस चलाउने भन्ने टुंगो हुन बाँकी रहेको तुलाधरले बताए । साझाले यात्रुसंख्या, मास्क, पञ्जा, स्यानीटाइजर लगायतका मापदण्ड पूरा गरेरमात्र बस चलाउने पनि उनले बताए ।

तुलाधरले भने, ‘बसभित्र मात्र होइन चढ्दा र ओर्लिंदा पनि दूरी कायम राख्नुपर्छ । साझा बसमा यात्रु चढ्ने र ओर्लिने छुट्टाछुट्टै ढोका छन्, सरकारले तोकेको मापदण्डअनुसार बस चल्छन् ।’

यात्रुको भिड लाग्ने समयमा पनि मापदण्डअनुसार सामाजिक दूरी कायम गराएर व्यवस्थित तरिकाले मात्रै बस चलाउने तुलाधरले बताए । उनका अनुसार आधामात्रै यात्रु बोक्न पाइने भएपछि भाडादरबारे पनि छलफल भइरहेको छ ।

सरकारले साविक भाडा दरमा ५० प्रतिशत बढी लिन अनुमति दिएको छ ।

यस्तो छ सुरक्षा मापदण्ड

– काठमाडौं उपत्यकाभित्र ट्याक्सीमा चालकसहित तीन जनामात्र र एकै परिवारका सदस्य भए पाँच जनासम्म यात्रा गर्न पाइनेछ ।
– सामाजिक दूरी कायम गर्नुपर्नेछ र सिट क्षमताको आधामात्र यात्रु बोक्नुपर्नेछ ।
– सवारीसाधनमा अनिवार्य रूपमा स्यानिटाइजर राख्नुपर्नेछ ।
– चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ११ : २३ बजे

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति

किसानलाई रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्छौँ : कृषिमन्त्री

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी सिजनमा किसानलाई

राष्ट्रसङ्घको महासभामा नेताहरुको सम्बोधन आजदेखि : इरान युद्ध र एआई प्रमुख एजेण्डा

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा आजदेखि विश्वका नेताहरुले आजदेखि

प्रसारण लाइन निर्माण : प्रभावितलाई  दश करोड ३३ लाख मुआब्जा

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइन

मौसम विभागमा पुगे गृह र ऊर्जामन्त्री, मौसमविद्सँग के भयो सल्लाह ?

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त