साउन १ देखि साझा बस चलाउने तयारी « Khabarhub

साउन १ देखि साझा बस चलाउने तयारी



काठमाडौं- साढे ३ महिना लामो लकडाउनपछि साझा यातायात सहकारी संस्थाले साझा बस चलाउने भएको छ । आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकाभित्र बस चलाउने तयारी छ ।

हालै सरकारले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालन गरी सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार गत शुक्रबारदेखि नै सार्वजनिक यातायातका गाडी गुड्न सक्थे । व्यवसायीहरूले सरकारले आफ्ना माग सुनाइ नै नगरी एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन् ।

सरकारले काठमाडौं उपत्यकाभित्र तीनवटै जिल्लामा र उपत्यकाबाहिर एउटा जिल्लाभित्र मात्र चलाउन पाउने निर्णय गरेको थियो । व्यवसायीहरूले भने गाडी निकालेका छैनन् ।

सार्वजनिक यातायातमा निजी क्षेत्र मात्र छ ।

सरकारसमेत अंशियार रहेको साझा यातायातले भने उपत्यकाभित्र गाडी चलाउने निर्णय गरेको छ । साउन १ गतेदेखि उपत्यकाभित्र साझा यातायात सञ्चालन गर्ने तयारी भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधारले जानकारी दिए ।

‘सकेसम्म केही बसहरू १ गते सञ्चालन गर्ने तयारीमा छौँ,’ उनले खबरहबसँग भने, ‘त्यही दिन नचल्न पनि सक्छ तर चाँडै सञ्चालन हुन्छ ।’

साझा यातायातका केही बसहरू लकडाउनकै अवधिमा पनि प्रयोग भएका छन् । विदेशबाट हवाई उद्धार गरिएकाहरूलाई विमानस्थलबाट होल्डिङ सेन्टर पुर्‍याउन साझा बस प्रयोग गरिएका छन् ।

तुलाधरका अनुसार साढे ३ महिना थन्किएर बसेका गाडी मर्मत गर्नुपर्ने अवस्था छ । ‘पहिले गाडी मर्मत गर्नुपर्छ, लामो समयदेखि थन्किएर बसेका छन्,’ उनले भने, ‘चालक र सहचालक गाउँबाट फर्किएका छैनन्, उनीहरूलाई कसरी फर्काउने हो, त्यो पनि सोच्नुपर्नेछ ।’

अहिले साझा यातायातसँग कुल ७१ वटा बस छन् । यीमध्ये ६८ वटा काठमाडौं उपत्यकाभित्र र ४ वटा लामो दूरीमा चल्ने गरेका छन् ।

गाउँ गएका चालक र सहचालक फर्किन बाँकी रहेकाले तत्काल कतिवटा बस चलाउने भन्ने टुंगो हुन बाँकी रहेको तुलाधरले बताए । साझाले यात्रुसंख्या, मास्क, पञ्जा, स्यानीटाइजर लगायतका मापदण्ड पूरा गरेरमात्र बस चलाउने पनि उनले बताए ।

तुलाधरले भने, ‘बसभित्र मात्र होइन चढ्दा र ओर्लिंदा पनि दूरी कायम राख्नुपर्छ । साझा बसमा यात्रु चढ्ने र ओर्लिने छुट्टाछुट्टै ढोका छन्, सरकारले तोकेको मापदण्डअनुसार बस चल्छन् ।’

यात्रुको भिड लाग्ने समयमा पनि मापदण्डअनुसार सामाजिक दूरी कायम गराएर व्यवस्थित तरिकाले मात्रै बस चलाउने तुलाधरले बताए । उनका अनुसार आधामात्रै यात्रु बोक्न पाइने भएपछि भाडादरबारे पनि छलफल भइरहेको छ ।

सरकारले साविक भाडा दरमा ५० प्रतिशत बढी लिन अनुमति दिएको छ ।

यस्तो छ सुरक्षा मापदण्ड

– काठमाडौं उपत्यकाभित्र ट्याक्सीमा चालकसहित तीन जनामात्र र एकै परिवारका सदस्य भए पाँच जनासम्म यात्रा गर्न पाइनेछ ।
– सामाजिक दूरी कायम गर्नुपर्नेछ र सिट क्षमताको आधामात्र यात्रु बोक्नुपर्नेछ ।
– सवारीसाधनमा अनिवार्य रूपमा स्यानिटाइजर राख्नुपर्नेछ ।
– चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ११ : २३ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा