भुवनको निवेदनपछि साम्राज्ञीले वकिलमार्फत पठाइन् मौखिक जवाफ ! « Khabarhub

भुवनको निवेदनपछि साम्राज्ञीले वकिलमार्फत पठाइन् मौखिक जवाफ !


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसीबीचको झगडा नेपाल चलचित्र कलाकार संघसम्म पुगेको छ । भुवन केसीले गत असार १८ गते आफ्नो चरित्रहत्या भएको भन्दै छानबिनका लागि संघमा उजुरी दिएका थिए ।

यो उजुरीका आधारमा चलचित्र कलाकार संघले साम्राज्ञीलाई संघमा बोलाएर छलफल गरेको थियो । संघका प्रवक्ता एवम् उपाध्यक्ष मोहन निरौलाले असार २० गते साम्राज्ञीले मौखिक जवाफ दिएको बताए ।

उनका अनुसार साम्राज्ञीले संघमा आफूले सामाजिक सञ्जालमा भुवन केसीको नाम नलिएको र यो विषयलाई अगाडि बढाउन नचाहेकाले यसबारेमा थप नबोलेको बताएकी थिइन् ।

‘उहाँ (साम्राज्ञी शाह) २० गते अफिसमा आउनुभयो र आफ्ना कुरा राखेर जानुभयो, उहाँले मैले कसैको नाम लिएकी छैन भन्नुभयो,’ प्रवक्ता मोहन निरौलाले भने ।

उनका अनुसार साम्राज्ञीले संघले पहल गर्दा पछि असार २३ गते वकिलमार्फत मौखिक जवाफ दिएकी थिइन् । त्यसपछि भने उनी संघमा उपस्थित भएकी छैनिन् ।

‘साम्राज्ञीले केही समय व्यस्त छु भन्नुभयो, हामी अझै दुवै पक्षलाई मिलाउने पहल गरिरहेका छौं, उहाँसँग सम्पर्क भइरहेको छ,’ निरौलाले भने ।

उनले यो मुद्दा कलाकार संघले नै मिलाउने दाबी समेत गरे । उनले भने, ‘दुवै पक्षसँग कुरा भइरहेको छ, संघले नै यो मुद्दा मिलाउँछ ।’

केही समयअघि नायिका साम्राज्ञीले भुवन केसीलाई इंगित गर्दै आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी थिइन् । यो आरोपपछि भुवनले यसलाई नकार्दै छानबिन गर्न भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ४ : २४ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज