यसरी घरमै निको पार्नुहोस दाँतमा भएको क्याभिटीको समस्या « Khabarhub

यसरी घरमै निको पार्नुहोस दाँतमा भएको क्याभिटीको समस्या


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चपाँउन मात्र होइन अनुहारको सुन्दरताका लागी दाँत महत्वपुर्ण हुन्छ । दाँत शरीरको महत्वपुर्ण अंग मध्ये एक पनि हो ।

नियमित ब्रसको अभावमा होस् वा गलत खानपानका कारण दाँत बिग्रने गर्दछ । बिस्तारै दाँत सड्ने, भाँचिने, किरा लाग्ने र खाल्डो परेर क्याभिटी समेत हुन्छ ।

मेडिकल भाषामा दाँतमा प्वाल पर्नुलाई क्याभिटी भनिन्छ । मुखमा उत्पादन हुने एसिडले दाँतको इनामेल खियाउँछ र दाँतमा क्याभिटी हुन्छ ।

क्याभिटी हुदाँ दाँत दुख्ने तथा दाँतमा क्षति पुग्ने गर्दछ । यसबाट बच्न केहि घरेलु उपायहरु अपनाएमा प्राकृतिक रुपबाटै क्याभिटीबाट मुक्ति पाउन सकिन्छ ।

– क्याभिटीको उपचारमा एन्टीसेप्टिक र एन्टीबायोटिक गुण भएको नुनको प्रयोग लाभदायी हुन्छ । नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्याबाट लाभ मिल्दछ । क्याभिटीको समस्या कम गर्न एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्दछ ।
यो प्रक्रियालाई दैनिक ५ पटकसम्म गर्नु पर्दछ ।

– क्याभिटी लगायत दाँत सम्बन्धि समस्याबाट बच्न ल्वाङको प्रयोग उपयोगी हुन्छ । यसमा हुने एन्टी इन्फ्लेमेन्टरी, एनाल्जेसिक तथा एन्टी व्याक्टेरियल तत्वले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन ।

यसका लागी एक चौथाई तिलको तेलमा २/३ थोपा ल्वाङ्गको तेल मिसाएर राति सुत्नु अगाडी क्याभिटी भएको दाँतमा लगाएर सुत्नु पर्दछ ।

– लसुनको प्रयोग प्रभावकारी मानिन्छ । एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण क्याभिटीमा लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्दछ । यसका लागी ३/४ केस्रा लसुनलाई पिसेर एक चौथाई सिधे नुन बनाई लेप बनाएर संक्रमित दाँतमा लगाई १५ मिनेट छाड्नु पर्दछ । यो प्रकृया दैनिक २ पटक ३ दिनसम्म अपनाएमा क्याभिटीको समस्या कम हुन्छ ।

– दाँतमा क्याभिटीको विकास रोक्न जेठी मधुको प्रयोग उपयोगी हुन्छ । यसमा हुने एन्टी व्याक्टेरियल तत्वले दाँतमा काई लाग्न नदिनुका साथै दाँतलाई स्वस्थ राख्दछ । जेठी मधुको जराको धुलोलाई मञ्जनको रुपमा प्रयोग गर्दा क्याभिटी कम हुन्छ ।

– क्याभिटीबाट हुने दाँतको दुखाई कम गर्न बेसार उपयोगी हुन्छ । यसमा पाइने एन्टी व्याक्टेरियल तथा एन्टी इन्फ्लामेन्टरी गुणले गिजालाई स्वस्थ राख्न समेत मद्दत गर्दछ । यसका लागी बेसारको धुलोलाई प्रभावित दाँतमा लगाएर केहीबेर छाडेर मनतातो पानीले कुल्ला गर्दा दाँतमा क्याभिटी हुदैन ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ९ : ४९ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना