यसरी घरमै निको पार्नुहोस दाँतमा भएको क्याभिटीको समस्या « Khabarhub

यसरी घरमै निको पार्नुहोस दाँतमा भएको क्याभिटीको समस्या


२९ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चपाँउन मात्र होइन अनुहारको सुन्दरताका लागी दाँत महत्वपुर्ण हुन्छ । दाँत शरीरको महत्वपुर्ण अंग मध्ये एक पनि हो ।

नियमित ब्रसको अभावमा होस् वा गलत खानपानका कारण दाँत बिग्रने गर्दछ । बिस्तारै दाँत सड्ने, भाँचिने, किरा लाग्ने र खाल्डो परेर क्याभिटी समेत हुन्छ ।

मेडिकल भाषामा दाँतमा प्वाल पर्नुलाई क्याभिटी भनिन्छ । मुखमा उत्पादन हुने एसिडले दाँतको इनामेल खियाउँछ र दाँतमा क्याभिटी हुन्छ ।

क्याभिटी हुदाँ दाँत दुख्ने तथा दाँतमा क्षति पुग्ने गर्दछ । यसबाट बच्न केहि घरेलु उपायहरु अपनाएमा प्राकृतिक रुपबाटै क्याभिटीबाट मुक्ति पाउन सकिन्छ ।

– क्याभिटीको उपचारमा एन्टीसेप्टिक र एन्टीबायोटिक गुण भएको नुनको प्रयोग लाभदायी हुन्छ । नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्याबाट लाभ मिल्दछ । क्याभिटीको समस्या कम गर्न एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्दछ ।
यो प्रक्रियालाई दैनिक ५ पटकसम्म गर्नु पर्दछ ।

– क्याभिटी लगायत दाँत सम्बन्धि समस्याबाट बच्न ल्वाङको प्रयोग उपयोगी हुन्छ । यसमा हुने एन्टी इन्फ्लेमेन्टरी, एनाल्जेसिक तथा एन्टी व्याक्टेरियल तत्वले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन ।

यसका लागी एक चौथाई तिलको तेलमा २/३ थोपा ल्वाङ्गको तेल मिसाएर राति सुत्नु अगाडी क्याभिटी भएको दाँतमा लगाएर सुत्नु पर्दछ ।

– लसुनको प्रयोग प्रभावकारी मानिन्छ । एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण क्याभिटीमा लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्दछ । यसका लागी ३/४ केस्रा लसुनलाई पिसेर एक चौथाई सिधे नुन बनाई लेप बनाएर संक्रमित दाँतमा लगाई १५ मिनेट छाड्नु पर्दछ । यो प्रकृया दैनिक २ पटक ३ दिनसम्म अपनाएमा क्याभिटीको समस्या कम हुन्छ ।

– दाँतमा क्याभिटीको विकास रोक्न जेठी मधुको प्रयोग उपयोगी हुन्छ । यसमा हुने एन्टी व्याक्टेरियल तत्वले दाँतमा काई लाग्न नदिनुका साथै दाँतलाई स्वस्थ राख्दछ । जेठी मधुको जराको धुलोलाई मञ्जनको रुपमा प्रयोग गर्दा क्याभिटी कम हुन्छ ।

– क्याभिटीबाट हुने दाँतको दुखाई कम गर्न बेसार उपयोगी हुन्छ । यसमा पाइने एन्टी व्याक्टेरियल तथा एन्टी इन्फ्लामेन्टरी गुणले गिजालाई स्वस्थ राख्न समेत मद्दत गर्दछ । यसका लागी बेसारको धुलोलाई प्रभावित दाँतमा लगाएर केहीबेर छाडेर मनतातो पानीले कुल्ला गर्दा दाँतमा क्याभिटी हुदैन ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ९ : ४९ बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका