स्कुटर चोरीको आरोपमा पोखराबाट तीन जना पक्राउ « Khabarhub

स्कुटर चोरीको आरोपमा पोखराबाट तीन जना पक्राउ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस–४ स्थायी घर भई हाल पोखरा–३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल छन् ।

अन्य दुई जना किशोरहरुको परिचय प्रहरीले गोप्य राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

बुधबार बिहान १ बजे फूलबारीमा स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । पक्राउपछि अनुसन्धान गर्ने क्रममा अन्य थप दुई वटा चोरीको स्कुटरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले साउन २५ गते पोखरा–४ गणेशटोलस्थित सुकमाया कामीको घरको कम्पाउण्डबाट चोरी भएको ज्ञानकुमारी गुरुङको ग६प ६३४२ नम्बरको रातो डियो स्कुटर पोखरा–१२ फूलबारी सफामार्गमा फेला पारेको थियो ।

त्यसैगरी साउन २६ गते  राति पोखरा–४ रामकृष्ण टोलबाट चोरी भएको धनमाया गुरुङको नामको ग १७ प ३०५१ नम्बरको रातो डियो स्कुटर र साउन २७ गते राति साढे १२ बजे पोखरा–११ प्रगतिटोलबाट हराएको सिर्जना मल्ल ठकुरीको ग५प ३९१५ नम्बरको निलो डियो स्कुटर पोखरा–२६ बुढीबजारबाट बरामद गरिएको प्रहरी प्रवक्ता हमालले जानकारी दिए  ।

पोखरा उपत्यका र आसपासबाट विभिन्न समय र स्थानबाट मोटरसाइकल र स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहत इलाका प्रहरी कार्यालय, सिसुवाबाट प्रहरी टोली खटिई खोजतलास तथा अनुसन्धानको शुरु गरेको थियो ।

पक्राउ परेकाहरुको साथबाट चोरीका पाँच थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई चोरी तथा डाँका कसुरअन्तर्गत जिल्ला अदालतबाट बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ९ : ५३ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका