रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक अझै अवरुद्ध | Khabarhub Khabarhub

रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक अझै अवरुद्ध


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध भइरहेको छ । यही साउन ५ र ६ गते आएको अविरल वर्षात्का कारण यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भइरहेको हो ।

सो सडकखण्ड विस्तार, मर्मत र पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नसक्दा २५ दिनअघिदेखि ठूलो पहिराका कारण गाउँवासीले विभिन्न समस्या भोग्न बाध्य भइरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए ।

उनले भने, “यहाँ करीब ३०० मिटर लम्बाइ र ५०० देखि ६०० मिटर उचाइबाट पहिराको डल्लो नै खसेर गाउँवासीलाई आवतजावतमा समेत जोखिम भइरहेको छ ।”

सडकखण्ड निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै पहिरो हटाएर करीब ५० वटा जाली भरिदिएर पर्खाल लगाइदिएमा तत्कालै समस्या समाधान हुने दाहालले जानकारी गराए ।

यस्तै महाङ्कालमा बिजुली आउने र जानेक्रम भइरहने हुँदा वडा नं १ उन्यूचौरमा सबस्टेशन बनाई दक्षिण ललितपुरका तीन वटै गाउँपालिकामा वितरण गर्न सकिने दाहालको भनाइ छ । यहाँका गाउँपालिकामा नेटको खासै सुविधा नभएकाले विद्यालयस्तरका बालबालिकाका लागि वैकल्पिक शिक्षाको पहुँच पनि पुर्‍याउन नसकेकामा दाहालले दुःख व्यक्त गरे ।

वडा नं ३ गोटिखेलका २१ घर अझै पनि पहिराको जोखिममा रहेको वडाध्यक्ष गङ्गाराम तिमिल्सिनाले बताए । उनले भने, “यी २१ घरका परिवार पानी पर्दा अन्यत्र बास बस्न जाने र घाम लाग्दा आफ्नै घरमा बस्ने गरिरहेका छन् । गोटिखेलका तीनदेखि चार ठाउँका सहायक बाटो अवरुद्ध हुँदा टाढाटाढासम्म दूध र तरकारी बोकेर टाढासम्म लानुपर्ने बाध्यता अझैसम्म छ ।”

गोटिखेल क्षेत्रमा बिहानबेलुका दुई समय दूध भर्ने चलन रहँदा गाडी घुमाएर दुध लिन जाँदा र ल्याउँदा पनि बाटामै जम्ने गरेको तिमिल्सिनाले बताए ।

कोञ्ज्योसोम गाउँपालिकामा भने हाल पहिराले खासै समस्या पारेको छैन । गाउँपालिका विपत् व्यवस्थापन समितिले फेरि पानी परेर पहिरो जाने कुरालाई ध्यानमा राखी पहिरो हटाउन दुई स्काभेटर तयारी अवस्थामा राखेको उपाध्यक्ष मिङ्मा लामाले बताए । उनले भने, “वडा नं २ शङ्खु र ३ नं दलचोकी अन्य वडाभन्दा केही जोखिममा रहेकाले यहाँ प्राविधिक टोली पठाउने व्यवस्थासमेत गरिरहेका छौँ।”

वाग्मती गाउँपालिकामा भने हाललाई खासै समस्या नरहेको वडाध्यक्ष वीरबहादुर लोप्चनले बताए । मुलकभर असारदेखि आइरहेको अविरल वर्षात्का कारण ललितपुर जिल्लामा भने यस वर्ष आजसम्म कुनै मानवीय क्षति भएको छैन । ललितपुरका छ पालिकामध्ये यी तीन गाउँपालिका निकै दुर्गम क्षेत्रमा छन् ।

भौगोगिक विकटताका कारण ती गाउँपालिकाका एक वडाबाट अन्य वडामा जान घण्टौँ हिँड्नुपर्छ । एक वडाबाट अन्य वडामा जान घण्टौँ हिँड्नुपर्ने समस्या अन्त्य गराउन यहाँका सबै गाउँपालिकाले गाउँगाउँ सडक पुर्‍याउने उद्देश्यका साथ लगाएको डोजरका कारण पहिराको जोखिम भइरहेको स्थानीय जनताको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ११ : ०५ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने