एक ट्यापमा बोलेरै नेपाली टाइपिङ « Khabarhub

एक ट्यापमा बोलेरै नेपाली टाइपिङ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ ।

ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनैपनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ ।

बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ)का लागि अपडेट गर्नुहोस्

ताजा अपडेटले तपाईंलाई अन्य काम गरिरहेसँगै बोलेका शब्दहरु बुझेर कुनैपनि सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने स्ट्याटस, प्रतिक्रिया, ट्वीट, च्याटहरु गर्न सक्नुहुनेछ ।

हाम्रो ‘नेपाली किबोर्ड’को जारी नयाँ संस्करणमा अब लेखेर अभिव्यक्त गर्न नसकिएका कुरा बोलेरै लेख्नुहोस् । अब नेपाली भाषामा टाइपिङ गर्ननसक्नु कुनै समस्या नै हैन । यसका लागि हाम्रो ‘नेपाली किबोर्ड’ले भ्वाइस टाइपिङको सुबिधा समेटिएको नयाँ अपडेट ल्याएको हो ।

भ्वाइस टाइपिङको सहयोगले बोलेकै भरमा तपाईंको फोनले जुनसुकै प्लाटफर्ममा नेपालीमा लेखिदिनेछ । यस सुविधाको कारण नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्ताहरूले समेत पूर्ण रुपमा नेपाली टाइप गर्न सक्नुहुनेछ । यसमा शुद्ध नेपाली शब्दको विकल्प देखिनुका साथै टाइपिङ गरिरहनुपर्ने कारणलाई पनि घटाउने छ ।

किबोर्डको आकार बढाउने सुविधा

टाइपिङमा आवश्यक्ता अनुसार सजिलोका लागि किबोर्डको आकार बढाउने सुविधायुक्त ताजा अपडेट प्राप्त गर्नका लागि हाम्रो ‘नेपाली किबोर्ड’ गुगल प्लेस्टोरमा गएर अपडेट गर्न सक्नुहुनेछ ।

मोबाइल अनुसार, टाइपिङ गति तथा औंलाको अवस्यक्ता अनुसार किबोर्डको आकार चाहे जस्तो सानो या ठुलो बनाउन सक्ने सुबिधा समेटिएको छ नयाँ अपडेटमा । जसको सहयोगले प्रयोगकर्ताहरुले हाम्रो किबोर्ड मार्फत् सजिलै टाइप गर्न सक्नुहुनेछ।

नयाँ अपडेटबारे कुनै जिज्ञासा, सुझाव अथवा प्रतिक्रियाहरु भए [email protected] मा इमेल गर्न सकिने छ । हाम्रो नेपाली किबोर्ड यहाँ क्लिक गरेर राख्न अथवा अपडेट गर्न सकिन्छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  २ : २१ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग