एक ट्यापमा बोलेरै नेपाली टाइपिङ « Khabarhub

एक ट्यापमा बोलेरै नेपाली टाइपिङ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ ।

ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनैपनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ ।

बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ)का लागि अपडेट गर्नुहोस्

ताजा अपडेटले तपाईंलाई अन्य काम गरिरहेसँगै बोलेका शब्दहरु बुझेर कुनैपनि सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने स्ट्याटस, प्रतिक्रिया, ट्वीट, च्याटहरु गर्न सक्नुहुनेछ ।

हाम्रो ‘नेपाली किबोर्ड’को जारी नयाँ संस्करणमा अब लेखेर अभिव्यक्त गर्न नसकिएका कुरा बोलेरै लेख्नुहोस् । अब नेपाली भाषामा टाइपिङ गर्ननसक्नु कुनै समस्या नै हैन । यसका लागि हाम्रो ‘नेपाली किबोर्ड’ले भ्वाइस टाइपिङको सुबिधा समेटिएको नयाँ अपडेट ल्याएको हो ।

भ्वाइस टाइपिङको सहयोगले बोलेकै भरमा तपाईंको फोनले जुनसुकै प्लाटफर्ममा नेपालीमा लेखिदिनेछ । यस सुविधाको कारण नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्ताहरूले समेत पूर्ण रुपमा नेपाली टाइप गर्न सक्नुहुनेछ । यसमा शुद्ध नेपाली शब्दको विकल्प देखिनुका साथै टाइपिङ गरिरहनुपर्ने कारणलाई पनि घटाउने छ ।

किबोर्डको आकार बढाउने सुविधा

टाइपिङमा आवश्यक्ता अनुसार सजिलोका लागि किबोर्डको आकार बढाउने सुविधायुक्त ताजा अपडेट प्राप्त गर्नका लागि हाम्रो ‘नेपाली किबोर्ड’ गुगल प्लेस्टोरमा गएर अपडेट गर्न सक्नुहुनेछ ।

मोबाइल अनुसार, टाइपिङ गति तथा औंलाको अवस्यक्ता अनुसार किबोर्डको आकार चाहे जस्तो सानो या ठुलो बनाउन सक्ने सुबिधा समेटिएको छ नयाँ अपडेटमा । जसको सहयोगले प्रयोगकर्ताहरुले हाम्रो किबोर्ड मार्फत् सजिलै टाइप गर्न सक्नुहुनेछ।

नयाँ अपडेटबारे कुनै जिज्ञासा, सुझाव अथवा प्रतिक्रियाहरु भए [email protected] मा इमेल गर्न सकिने छ । हाम्रो नेपाली किबोर्ड यहाँ क्लिक गरेर राख्न अथवा अपडेट गर्न सकिन्छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  २ : २१ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको