राहत वितरणमा अनियमितता भएको भन्दै छानबिन गर्न माग « Khabarhub

राहत वितरणमा अनियमितता भएको भन्दै छानबिन गर्न माग


२९ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि स्थानीय तहले गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् ।

सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणको नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीले छानबिन गर्न माग गरेका हुन् ।

औरही गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन अगाडि प्लेकार्डसहित युवाले हिजो प्रदर्शन गर्दै कोरोना भाइरस नियन्त्रणका नाममा ठूलो अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

यस्तै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका नाममा सिरहाको लहान नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै नेपाली काँग्रेसका नेता महेश चौधरीले सूचना माग गरेका छन् ।

नेपाली काँग्रेसका राज्यव्यवस्था समितिका सदस्यसमेत रहनुभएका चौधरीले लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम भुसालसँग सूचना माग गरेका हुन् । सूचनाको हक प्रयोग गरी सूचनाका लागि नगरपालिकामा निवेदन दर्ता गराएको चौधरीले जानकारी दिए ।

कोरोना महामारीका बेला जनप्रतिनिधि र कर्मचारीले लिएको भत्ता नामावलीसहित प्रकाशित गर्न, इन्धन खर्च, क्वारेन्टिन व्यवस्थापनका लागि खरिद गरिएको सामग्रीको खरिद मूल्य र कोरोना नियन्त्रण गर्न गरेको खर्च विवरण खरिद मूल्यसहित सूचना माग गरिएको छ ।

त्यस्तै कोरोना सङ्क्रमण नियन्त्रण तथा राहत वितरणका बेला बजार मूल्यभन्दा बढीमा समान खरिद गरिएको भन्दै सिरहा नगरपालिकामा केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ३ : ११ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल